बजाज पल्सर १५० पनि नयाँ डिजाइनमा, जुलाईबाट बजारमा आउन सक्ने

काठमाडौं । नेपालमा सर्वाधिक विक्री हुने मोटरसाइकल बजाज पल्सर १५० को पनि नयाँ जेनेरेशन मोडल आउने भएको छ । कम्पनीले नयाँ जेनेरेशन पल्सरको सडक परिक्षण गरिरहेको तस्विरहरु बाहिर आएसँगै नयाँ पल्सर १५० चर्चा सुरु भएको हो ।

कम्पनीले यसअघि पल्सर एनएस १६० को पनि परिक्षण गरिरहेको तस्विरहरु बाहिर आएका थिए । बजाजले १५० पल्सरमा पनि पल्सर एफ २५० र एन २५० बाट प्रेरित रहेर धेरै फिचर प्रदान गरेको छ ।

जुन पल्सर १५० को सिटबाटै देख्न पाइन्छ । नयाँ परिक्षण भइरहेको पल्सर १५० मा स्प्लीट सिट, स्प्लीट पिलियन ग्राबरेल, नयाँ अलोय ह्वील जस्ता देखिने फिचर पल्सर २५० बाट लिएको देखिन्छ ।

नयाँ पल्सरमा अगाडि २८० एमएमको डिस्क ब्रेक, ‘उल्फ आई’ डिएलआर, एलइडी टेललाइट पनि पल्सर २५० बाट प्रेरित रहेको छ । कम्पनीले नयाँ पल्सर १५० मा सिंगल सिलिण्डर एयरकुल्ड इन्जिन दिनेछ । सम्भवत जुलाई महिनामै यसलाई कम्पनीले बजारमा उतार्ने छ ।


Back_to_top