काठमाडौं । स्कोडाको आधिकारीक वितरक एमएडब्लू स्कोडाले एक वर्षअघि नेपाली बजारमा ल्याएको अल न्यू कारोक झट्ट हेर्दा कोडियाक जस्तै देखिन्छ । कम्पनीले कम मूल्यमा कोडियाक जस्तै बल्की यूरोपियन एसयूभी खोज्ने ग्राहकलाई केन्द्रमा राखेर यसलाई नेपाली बजारमा ल्याएको थियो ।
चेक ब्राण्ड स्कोडाको मिडसाइज एसयूभी कारोक आधुनिक डिजायन र फिचर लोडेड एसयूभी हो । आफ्नो सेग्मेन्टमै सर्वाधिक सुरक्षा फिचर, इन्टेलीजेन्ट कनेक्टीभीटी फिचरले एसयूभी पारखीलाई लोभ्याउन सक्ने क्षमता कारोकमा रहेको छ ।
स्कोडा कारोकले यूरोपियन क्रयास टेष्टमा ९३ प्रतिशत वयस्कहरुको सुरक्षा सहित ५ स्टार सेफ्टी रेटिङ पाएको छ । यो कारमा स्टाडर्ड सेफ्टी फिचरको रुपमा सिटी इमर्जेन्सी ब्रेकिङसहितको फ्रन्ट असिस्ट, इलेक्ट्रोनीक टायर प्रेसर मोनिटरिङ, ६ वटा एयरव्याग, स्ट्याविलीटी कन्ट्रोल, मल्टी कलुसन ब्रेक तथा एक्सडीएस प्लस जस्ता फिचर प्रदान गरेको छ ।
सुरक्षा फिचरसँगै उत्कृष्ट क्याविन र प्रिमियम ड्राइभिङ एक्सपीरीयन्स यसको अर्को विशेषता हो । यो कुरालाई कारोकमा दिइएको सुपर क्रिस्प र उत्कृष्ट एनिमेसन सहितको भर्चुअल ककपिटले पनि पुष्टी गर्छ ।
यसको ड्यासबोर्ड, आर्मरेष्ट र ढोकाहरुमा प्रयोग भएको सफ्टटच प्लास्टिकले पहिलो अनुभवमा नै प्रिमियम अनुभव गराउने छ । एसयूभीको ग्लोबबक्स माथी र डोर ह्याण्डल नजिक प्रयोग भएको ब्रस्टेड एल्मुनीयम प्यानलले गाडीमा बस्नेलाई आनन्दित बनाउने क्षमता राख्छ ।

एसयूभीमा दिइएको एम्बियन्ट लाइट र भर्चूअल ककपिटको व्याकग्रउन्ड कलर आफ्नो मुडअनुसार परिवर्तन गर्न सकिन्छ । लामो ह्वीलवेस, फराकिलो क्याविन र ठूलो बुट स्पेशले परिवारीक आवस्यकता पुरा गर्नेछ ।
यसमा ५२१ लिटरको विशाल बुट स्पेश पाउन सकिन्छ । यदि पछाडिको रोमा रहेको सिट फोल्ड गर्ने हो भने १६३० लिटरसम्म प्रयोग गर्न सकिन्छ ।
कारोकको भित्री भागमा जति उत्कृष्ट छ, यसको बाहिरी डिजाइन पनि त्यतिकै आकर्षक रहेको छ । कारोकको लम्बाई ४३८२ एमएम, चौडाई १८४१ एमएम, तथा उचाई १६२४ एमएम रहेको छ । २६३८ एमएमको ह्वीलवेसले गाडीलाई निकै स्टेवल बनाउँछ ।

डाइनामीक प्रपोर्सनमा रहेको बोल्ड फ्रन्ट डिजाइन तथा मस्कुलर लुक्सका कारण यो एसयूभी सीटी तथा अफरोड ड्राइभका लागि एकदमै उपयुक्त मानिन्छ ।
नेपाली बजारमा कारोकको एउटा मात्रै भेरियन्ट उपलब्ध रहेको छ । २.० टिडीआई डिजेल इन्जिनमा उपलब्ध कारोकले अधिकतम १४२ पीएस पावर प्रदान गर्छ । यसको मूल्य १ करोड ३० लाख रुपैयाँ रहेको छ ।


