१२५ सीसी इन्जिनको साथ नयाँ जेनेरेशन जुपीटर सार्वजनिक

काठमाडौं । टीभीएस मोटर कम्पनीले भारतीय बजारमा न्यू जेनेरेशन जुपीटर १२५ सार्वजनिक गरेको छ । कम्पनीले ७३ हजार ४०० भारतीय रुपैयाँ (एक्स-शोरुम) मूल्य निर्धारण गरेर नयाँ स्कुटर सार्वजनिक गरेको हो ।
कम्पनीले सेग्मेन्ट फ्रस्ट फिचरका साथ टीभीएस जुपीटर १२५ सार्वजनिक गरेको छ । यो स्कुटरले होन्डा एक्टीभा र सुजुकी एसेससँग सिधा प्रतिस्पर्धा गर्नेछ ।

यो स्कुटरमा नयाँ इन्जिनको प्रयोग गरिएको छ । यसमा १२५ सीसी सिंगल सिलिन्डर एफआई इन्जिन दिएको छ । यसमा डबल हेल्मेट राख्न सकिने अन्डरबुट स्पेस पाउन सकिन्छ । स्कुटरको फुट फ्लोरमा फ्यूल स्टोरेज स्पेस दिइएको छ ।

यसमा सेमी डिजिटल क्लष्टर दिइएको छ । उक्त क्लष्टरमा एभरेज माइलेज, डिस्ट्यान्स टु इम्पीटी, हेल्मेट वार्निङ, राइड स्ट्यान्ड वार्निङ जस्ता फिचर रहेको छ । यसका साथै यो स्कुटरमा इन्टेलीगो टेक्नोलोजीको प्रयोग गरिएको छ । यसले स्कुटरको माइलेज वृद्धि गर्न मद्धत गर्छ । इन्टेलीगोको प्रयोगले ट्राफिक जाममा रहेको समयमा अटोमेटीक अफ तथा अन गर्न मद्धत गर्छ ।

हाल नेपाली बजारमा जुपीटर ११० विक्री भइरहेको छ । जुपीटर १२५ छिट्टै नेपाली बजारमा भित्र्ने अनुमान गर्न सकिन्छ । पछिल्लो समय नेपाली बजारमा १२५ सीसी सेग्मेन्टमा निकै प्रतिस्पर्धा भइरहेको छ । यो स्कुटर नेपाल भित्रने हो भने १२५ सीसी सेग्मेन्टमा अझै प्रतिस्पर्धा बढ्ने छ ।


Back_to_top