काठमाडौं । एमएडब्लू वृद्धिले नेपाल ल्याएको चांगनको पहिलो कार ‘एल्सभीन’ अहिले टेष्ट ड्राइभ भइरहेको छ । काठमाडौंको सोल्टी होटलमा पपअप शोरुम संचालनमा ल्याएर यसको टेष्ट ड्राइभ आयोजना भएको हो ।
कम्पनीले निकट भविष्यमा नै नक्शालमा शोरुम राख्नेगरी काम गरिरहेको र करिब दुई महिनाको लागि सोल्टी होटलमा नै पपअप शोरुम संचालन गर्ने कम्पनीले जनाएको छ ।
नेपाली बजारमा उपलब्ध एल्सभीन सेडान कारको मूल्य ४२ लाख रुपैयाँ तोकेर टेष्ट ड्राइभ र विक्री सुरु गरेको कम्पनीले यसलाई भविष्य उन्मुख डिजाइन भएको कार भनेको छ ।

एल्सभीन सेडान कारमा ग्राहकले विलासिता, आरामदायी र उत्कृष्ट पावरको मिश्रण पाउने कम्पनीको दावी छ । यसमा १.४ लिटर क्षमताको ब्लू कोर इन्जिन दिइएको छ । उक्त इन्जिनले ९९ पीएस पावर र १३५ एनएम टर्क प्रदान गर्छ ।
एल्सभीनमा २५३५ एमएमको ह्वीलबेस, १६५ एमएमको ग्राउन्ड क्लियरेन्स, ७ इन्च इन्फोटेनमेन्ट टच स्क्रिन, एड्जस्टेवल स्पोर्टी फ्ल्याट बटम स्टेयरिङ ह्वील जस्ता फिचर प्रदान गरिएको छ ।

यसमा प्रिमियम लेदरेट सीटहरू छन् । साथै, डिजिटल इन्स्ट्रुमेन्ट क्लस्टर दिइएको छ । यसले चालक र यात्रुलाई निकै सहजता प्रदान गर्छ ।

एल्सभीनमा प्रयोग भएको सिग्नेचर बटरफ्लाई ग्रिलले सडकमा जो कोहीको सहजै ध्यान खिच्छ । यसमा दिइएको एलइडी डिआरएल सहितको प्रोजेक्टर हेडल्याम्पले रातीको समयमा गाडी चलाउन सहज हुन्छ । यसमा १५ इन्चको अल्लोय ह्वील, शार्क फिन अन्टेना जस्ता फिचर रहेका छन् । यसलाई काठमाडौंको सोल्टी होटलमा गएर जो कोहीले टेष्ट ड्राइभ गर्न सक्ने छन् ।


