काठमाडौं । दिल्ली सरकारले नेभेम्बर २७ देखि डिसेम्बर ३ तारिखसम्म सबै किसिमका पेट्रोल र डिजेलबाट चल्ने गाडीमा प्रतिबन्ध लगाएको छ । दुई हप्तादेखि वातावरणमा व्यापक प्रदुषण भएको भन्दै दिल्ली सरकारले यसलाई रोक्न धेरै किसिमको प्रयास गरेपनि संभव नचएपछि गाडी चलाउन रोक लगाएको हो ।
अब शनिवारदेखि एक हप्तासम्म दिल्लीमा इलेक्ट्रीक र सिएनजीबाट चल्ने गाडी मात्रै चल्न पाउने छन् । दिल्लीका वातावरण मन्त्री गोपाल रायले भनेका छन्, ‘प्रदुषण कन्ट्रोलमा ल्याउन सरकारले काम गरिरहेको छ । हामीले यस्तो समयमा पनि सरकारी अफिस र काममा जाने मानिसको लागि सिएनजी बसहरुको व्यवस्था गरेका छौं ।’
नेपालमा पनि अघिल्लो वर्ष काठमाडौंमा बढेको प्रदुषण रोक्न सरकारले ४ दिन स्कुलहरु बन्द गरेको थियो । तर, यातायातका साधन भने बन्द गरेको थिएन ।

