काठमाडौं । सुपरसोकोले ब्ल्याक फ्राइडे अफर सार्वजनिक गरेको छ । कम्पनीले आउँदै गरेको व्ल्याक फ्राइडेमा सुपरसोकोका इलेक्ट्रीक मोटरसाइकल तथा स्कुटर खरिद गर्दा नगद छुटको स्कीम ल्याएको हो ।
ब्ल्याक फ्राइडेमा सुपरसोकोका मोटरसाइकल तथा स्कुटर खरिद गर्दा ग्राहकले नगद २० हजार छुट प्राप्त गर्नेछन् । ब्ल्याक फ्राइडे नोभेम्वर २६ मा मनाइने छ । कम्पनीले उक्त एकदिन मात्र लागु हुनेगरी स्कीम ल्याएको जनाएको छ ।
सुपर शोकोले टीएसएक्स र टीसी सिरिजमा आफ्ना ५ मोटरसाइकल विक्री गर्दै आएको छ । डिलाइफ स्टाइल आधिकारीक विक्रेता रहेको सुपर शोको टीएसएक्स सिंगल व्याट्री र डबल व्याट्री अप्सनमा उपलब्ध रहेको छ भने, टीसी मोडल पनि सिंगल र डबल व्याट्री अप्सनमा आफ्नो आवस्यकता अनुसार ग्राहकले छनोट गर्न सक्नेछन् ।
कम्पनीले यसका अलावा टीसी म्याक्स मोडल पनि नेपालमा विक्री गर्दै आएको छ । टीसी म्याक्स सबैभन्दा पावर फुल मोटर जडान भएको मोटरसाइकल हो । यसमा ३।९ किलोवाट क्षमताको मोटर प्रयोग भएको छ । कम्पनीले यसको मूल्य ४ लाख ९८ हजार ९०० रुपैयाँ तोकेको छ । यसको मूल्य लगभग यात्री ‘पी-१’को जस्तै रहेको छ । पी वानको मूल्य ४ लाख ९९ हजार रुपैयाँ रहेको छ ।
कम्पनीले विक्री गर्ने सबैभन्दा सस्तो मोडलको मोटरसाइकल टीएसएक्स सिंगल व्याट्री हो । यसको मूल्य २ लाख ८५ हजार ९०० रुपैयाँ रहेको छ ।
डिलाइफ स्टाइलले विक्री गर्ने सबैभन्दा कम मूल्यको स्कुटर सियूएक्स हो । यसको मूल्य २ लाख ३९ हजार ९०० रुपैयाँ रहेको छ । यसमा २ किलोवाट क्षमताको मोटर प्रयोग भएको छ । साथै, कम्पनीले सीपीएक्स सिंगल व्याट्री, सीपीएक्स डबल व्याट्री, भिएस वान सिंगल व्याट्री, भिएसवान डबल व्याट्री र सीयू मिनी मोडलका स्कुटर विक्री गर्दै आएको छ ।



