जीपको आइकोनिक डिजाइनले तान्योः राजेश हमाल

काठमाडौं । महानायक राजेश हमालले जीप कम्पास किनेपछि यसको आइकोनिक डिजाइन र अफरोड क्षेमताले आफुलाई तानेको बताएका छन् । हमाल र उनकी श्रीमती मधु भट्टराईले बिहीबार नक्सालस्थित जीप शोरुमबाट जीप कम्पासको डेलिभरी लिने क्रममा उक्त कुरा बताएका हुन् ।

करिब तीन दशकको अवधिमा दुई सयभन्दा बढी चलचित्रमा अभिनय गरेका हमाल चलचित्र क्षेत्रको महानायकको रुपमा स्थापित रहेका छन् ।

जीप कम्पासको डेलिभरी लिदै हमालले भने ‘मैले युवा अवस्थादेखि नै जीपको बारेमा सुन्दै आएको थिए । सुरुका केही चलचित्रको सुटिङमा मैले विलिस जीप पनि चलाए । म जीपको आइकनिक डिजाइन र अफरोड क्षमताबाट प्रभावित थिएँ, म खुशी छु कि आज मैले जिप किनेँ ।’

‘जिपले यो वर्ष निकै राम्रो गति लिइराखेको छ र सेग्मेन्टमै सबैभन्दा ठूलो बजार हिस्सा हासिल गर्न सफल छ,’ एमएडब्लु लाइफका प्रमुख कार्यकारी निर्देशक अनिश लामिछाने भन्ने, ‘नेपाली बजारले नयाँ जीप कम्पासलाई सहजै स्विकारेको छ र हामी निकै उत्साहित छौं ।’

नयाँ कम्पासमा जीपको आइकनिक स्टाइल, अपडेटेड डिजाइन र नयाँ फिचरहरुको लामो सूची छ । र सबैभन्दा महत्वपूर्ण कुरा कम्पासमा जीपको ‘लेजेन्डरी अफरोड क्यापाबिलिटी’ छ जसले चालकलाई जहाँसुकै गरेर जेसुकै गर्न मद्दत गर्छ ।

नेपालमा नयाँ जीप कम्पास स्पोर्ट, लंगिच्युड, लिमिटेड र एस मोडेल गरी चार ट्रिममा उपलब्ध छ जसको मूल्य ८४ लाख ९० हजार देखि एक करोड ३६ लाख ९० हजार रुपैयाँसम्म रहेको छ ।


Back_to_top