काठमाडौं । कोरियन अटोमोवाइल कम्पनी कियाले आफ्नो क्रसओभर निरोको सेकेन्ड जेनेरेशन सार्वजनिक गरेको छ । केही दिन अघि मात्र कम्पनीले अल न्यू निरोको टिजर सार्वजनिक गरेको थियो ।
कियाले कोरियामा भएको ‘शोल मोटर शो’मा हिजो निरोलाई आधिकारीक रुपमा प्रदर्शन गरेको हो । कियाले करिब ६ वर्षपछि निरोको सेकेन्ड जेनेरेशन मोडल ल्याएको हो ।
नयाँ निरोको एक्टेरियर सन् २०१९ को हवानिरोमा देखाइएको कन्सेप्ट डिजाइनसँग मिल्दो जुल्दो छ । निकै बोल्ड डिजाइन देखिएको निरो एड्भेन्चर रेडी एटीच्यूड, क्लिन र हाइटेक ड्यूल टोन बडीमा उपलब्ध रहने छ ।
यसको क्यावीन ‘अपोजीट यूनाइटेड डिजाइन’मा आधारित होरिजेन्टल तथा डायगनल ड्यास कम्वीनेसनमा तयार भएको छ । यसको इन्टेरियर बोल्ड, प्राक्टीकल र इको फ्रेन्ड्ली बनेको कम्पनीले दावी गरेको छ ।
कियाले निरोलाई तीन फरक पावरट्रेन्डमा ल्याउने जनाएको छ । अब किया निरो हाइब्रिड, प्लगइन हाइब्रिड तथा प्योर इलेक्ट्रीकमा उपलब्ध हुनेछ ।
नेपाली बजारमा अहिले पनि विक्री हुँदै आएको किया निरोमा ६४ किलोवाट आवरको व्याट्री प्याक पाउन सकिन्छ । नयाँ जेनेरेशन मोडलमा पनि त्यहि व्याट्री पावरलाई निरन्तरता दिइएको छ । निरोमा सिंगल मोटर र फ्रन्ट ह्वील ड्राइभ सिस्टम रहेको छ ।

