नेपाल आउँदै नयाँ मोटरसाइकल, प्रि-बुकिङ गर्दा २० हजार नगद छुट

काठमाडौं । बीएमडब्ल्युले नेपाली बजारमा विक्री गर्ने ३१० ट्वीनको बीएस ६ भर्सन सार्वजनिक गर्ने भएको छ । कम्पनीले यी दुई मोटरसाइकलको बुकिङ खुल्ला गरेको हो ।

कम्पनीले यस अघि प्रि बुकिङ गर्ने ग्राहकलाई २० हजार नगद छुट तथा हेलमेट निशुल्क दिने बताएको छ । कम्पनीले मसिंर दोस्रो हप्तादेखि नेपाली बजारमा विक्री सुरु गर्ने भएको हो ।

बीएमडब्ल्यु मोटरसाइकलको लागि नेपालको आधिकारि विक्रेता हिमालयन मोटोराडले जि ३१० आर र जी ३१० जीएसको बीएस ६ भर्सन सार्वजनिक गर्ने तयारी गरेको हो ।

भारतमा टीभीएससंगको सहकार्यमा उत्पादन भएको बीएसडब्व्ल्यु ३१० ट्वीनले नेपाली बजारमा राम्रो सफलता पाइरहेको छ । कम्पनीले विक्री गर्ने जी ३१० आर नेकेड मोटरसाइकल हो भने जी ३१० जीएस एड्भेन्चर मोटरसाइकल हो ।

जी-३१० ट्वीनमा ३१३ सीसी, सिङ्गल सिलिन्डर, लिक्विड कूल, फ्यूल इन्जेक्सन इञ्जिन ले ३३.५ बीएचपी पावर र २८ एनएम टर्क जेनेरेट गर्छ । यस मोटरसाइकलमा सिक्स-स्पीड गियरबक्स जडान गरिएको छ । हाल नेपाली बजारमा विक्री भइरहेको बीएसडब्ल्यु जी ३१० आरको मूल्य ९ लाख ७५ हजार रुपैयाँ र एड्भेन्चर मोडल जी ३१० जीएसको मूल्य १० लाख ९० हजार रुपैयाँ रहेको छ ।

बीएस ६ इन्जिनमा आउने मोटरसाइकलको मूल्य बढ्ने देखिन्छ । कम्पनी स्रोतका अनुसार बीएस ६ भर्सन जी ३१० जीएसको मूल्य १४ लाख ५० हजार र जी ३१० आरको मूल्य १३ लाख ५० हजार निर्धारण हुनेछ ।


Back_to_top