मलंगवामा खुल्यो एम्पियरको नयाँ शोरुम

काठमाडौं । भारतको अग्रणी विद्युतीय स्कुटर ब्राण्ड एम्पियर इलेक्ट्रीकले सर्लाहीको मलंगवामा आफ्नो आधिकारिक बिक्री तथा सेवा संचालनमा ल्याएको छ ।

एम्पियरले नेपालभर आफ्नो बजार विस्तार गर्ने अभियान अन्तर्गत मलंगवाको राजश्री चोकमा नयाँ शोरुम संचालनमा ल्याएको हो।

नेपालका लागि एम्पियरको आधिकारिक वितरक एसटीसी अटो सोलुसनले मलंगवास्थित बीएम ईभी हबलाई आधिकारिक बिक्री तथा सेवा केन्द्र नियुक्त गरेको छ।

नयाँ शोरुमबाट ग्राहकहरूले स्कुटर अवलोकन, टेस्ट राइड, खरिद तथा बिक्रीपछिको सेवा सहज रूपमा प्राप्त गर्न सक्नेछन्।

एम्पियरले छोटो समयमै नेपालका विभिन्न क्षेत्रमा आफ्नो उपस्थिति विस्तार गर्दै आएको छ। एसटीसी अटो सोलुसनसँगको सहकार्यमार्फत कम्पनीले गुणस्तरीय विद्युतीय सवारी, भरपर्दो बिक्रीपछिको सेवा तथा उत्कृष्ट ग्राहक अनुभव प्रदान गर्ने लक्ष्य लिएको जनाएको छ।

मलंगवामा आधिकारिक बिक्री तथा सेवा सञ्चालनसँगै एम्पियर इलेक्ट्रीकले नेपालका उदाउँदा बजारहरूमा दिगो तथा वातावरणमैत्री यातायातको पहुँच विस्तार गर्ने आफ्नो अभियानलाई थप मजबुत बनाएको जनाएको छ।

नेपाली बजारमा एम्यिरका तीन मोडल उपलब्ध छन् । जसमा एम्पियर नेक्ससस ईएक्सको मूल्य ३ लाख ३५ हजार, नेक्सस ईएक्स प्लसको मूल्य ३ लाख ४५ हजार र म्याग्नस जी म्याक्सको ३ लाख १५ हजार रुपैयाँ छ ।

एम्पियर इलेक्ट्रीक भारतको अग्रणी विद्युतीय दुईपाँग्रे सवारीसाधन उत्पादक ग्रिभ्सइलेक्ट्रीक मोबिलिटी अन्तर्गतको प्रिमियम ब्राण्ड हो। उत्कृष्ट प्रविधि, उच्च गुणस्तर र आधुनिक डिजाइनका कारण यस ब्रान्डले इलेक्ट्रीक स्कुटर अफ द इयर लगायत विभिन्न प्रतिष्ठित पुरस्कार प्राप्त गरिसकेको छ।

दशकभन्दा बढी अनुभव भएको ग्रिभ्स इलेक्ट्रिक मोबिलिटीले उत्पादन गर्ने एम्पियर स्कुटरहरू सुरक्षित, भरपर्दो र उच्च कार्यक्षमताका लागि परिचित छन् ।

एम्पियर स्कुटरमा प्रयोग गरिएको लिथियम फेरो फस्फेट ब्याट्री सुरक्षित, टिकाउ तथा लामो आयु भएको ब्याट्री प्रविधि हो। यी ब्याट्रीहरू माइनस ४० डिग्री सेल्सियसदेखि ६० डिग्री सेल्सियससम्म को तापक्रममा परीक्षण गरिएका छन्। साथै ब्याट्रीमा ५ वर्ष वा ७५ हजार किलोमिटरसम्मको वारेन्टी उपलब्ध रहेको छ।


Back_to_top