नेपाली बजारमा टीभीएसको नयाँ बाइक, सुरुका ५०० ग्राहकले ६ हजार छुट पाउने

काठमाडौं । टीभीएस मोटर कम्पनीको आधिकारीक वितरक जगदम्बा मोटर्सले अपाची आरटीआर १६० फोरभी  बाइक नेपाली बजारमा शनिबार एक कार्यक्रमका बीच सार्वजनिक गर्ने भएको छ । 

आउँदो शनिबार भृकूटी मण्डपमा बिट्स नामक साँगितीक कार्यक्रम आयोजना गर्दै यो बाइकको ग्राण्ड लन्च गर्न लागेको हो । 

उक्त कन्सर्टमा नेपालका चर्चित ब्याण्ड प्रोजेक्ट वान तथा चर्चित गाएकहरु एड्रियन प्रधान र सुगम पोखरेलको दमदार प्रस्तुती रहने आयोजकले जनाएको छ । 

कम्पनीले यस बाइकको मूल्य २ लाख ८५ हजार ९ सय  तोकेको छ ।  तर पहिलो ५०० ग्राहकलाई ६ हजार रुपैयाँ छुट दिने जानकारी जगदम्बा मोटर्सका भाइस प्रेसिडेन्ट दिपक अग्रवालले मेरोअटोलाई जानकारी दिए । सुरुवाति ५०० जनाले यो बाइक २ लाख ७९ हजार ९०० मा खरिद गर्न सक्ने छन् । 

साथै उक्त कन्सर्टमा जान इच्छुक ब्यक्तिलाई फ्रिपासको लागि नजिकको  टीभीएसको शोरूममा सम्पर्क राख्न  भनिएको छ । 


Back_to_top