टाटा सुमाे किन्न मुक्तिनाथले १०.५% ब्याजमै ऋण दिने

काठमाडौं। टाटा मोटर्सको नेपालको लागि आधिकारिक विक्रेता सिप्रदी ट्रेडिङ प्रालि र मुक्तिनाथ विकास बैंकबीच सुलभ दरमा गाडी फाईनान्स गराउने  सम्झौता भएको छ। अाज एक कार्यक्रमकाबीच  सिप्रदी ट्रेडिङका जनरल मेनेजर प्रबिन खतिवडा र मुक्तिनाथ विकास बैंकका सीइअाे प्रधुमन पाेखरेलका  बीच हस्ताक्षर भएकाे हाे ।

आफ्नो गाडी आफै सवारी नामक ब्यवसायिक अभियान अन्तर्गत  सुमो गोल्ड खरीद गर्ने ग्राहकलाई मुक्तिनाथ विकास बैंकले कर्जा उपलब्ध गराउने छ। सम्झौता अनुसार सहुलियत ब्याजदरमा कर्जा उपलब्ध हुनेछ। सुमो गोल्ड खरीद गर्ने ग्राहकलाई बैंकले  १०.५ प्रतिशत ब्याज दरमै ऋण उपलब्ध गराउने छ। गाडीको मूल्यको ३० प्रतिशत भने ग्राहक आफैले जुटाउनु पर्नेछ।

सिप्रदीको यो कार्यक्रम अन्तर्गत टाटा सुमो गोल्डको खरीद गर्ने ग्राहकलाई निःशुल्क ड्राइभिङ तालिम तथा मेकानिकल तालिम दिनेछ। साथै एक बर्षसम्मको बीमा सुविधा पनि निःशुल्क उपलब्ध गराइने कम्पनीले जनाएको छ।


Back_to_top