टोयोटा ल्यान्ड क्रुजर नयाँ मोडलको तयारी, आउला हाइब्रिडमा

सन् २००७ मा फेसलिफ्ट भर्सनमा सार्वजनिक भएको आठौँ जेनेरेशन टोयोटा ल्यान्ड क्रुजरको नयाँ उत्पादन २०२० मा सार्वजनिक हुने भएको छ । 

बजारमा आउने भएको नयाँ मोडलको लम्बाई चार हजार नौ सय ५० मिलिमिटर र चौडाई एक हजार नौ सय ८० मिलिमिटर हुने कम्पनीले जनाएको छ । यसको उचाई एक हजार नौ सय २० मिलिमिटर रहनेछ । कारमा दुई हजार आठ सय ५० मिलिमिटर ह्वीलवेश लगाउने कम्पनीले जनाएको छ ।

भारतीय सरकारले कडा इमिशन नियम लागू गर्ने योजना बनाएकाले टोयोटा ल्यान्ड क्रुजरले पनि सोही नियमलाई अवलम्बन गरेको छ । क्रुजरमा भी–८ इन्जिनको विशेषता आउने सम्भावना नभएको कार विज्ञहरूको आँकलन रहेको छ ।

टायोटा मोटर कर्पाेरेशनले मोडल भी–६ टर्बाेचाज्र्ड पेट्रोल र भी–६ पेट्रोल, इलेक्ट्रीक र हाइब्रिड भर्सनमा ल्याउने सङ्केत देखाएका छन् । यसमा भी–३५ ए–एफटीएस ३.५ लिटर ट्वाइन टर्बाे भी–६ पेट्रोल इन्जिनको प्रयोग हुनेछ ।

लेक्सस एलएसमा लगाइएको सोही इञ्जिले ४२२ पीएस पावरकासाथै ६०० एनएम टर्क उत्पादन गर्ने गर्छ । यसमा १० स्पीड अटोमेटिक ट्रान्समिसन लगाइएको छ । नेपाली बजारमा यो मोडल २०२०को अन्त्यबाटै आउन सक्ने छ । 


Back_to_top