काठमाडौं । उपत्यकाबाट एकदमै नजिक रहेको पर्यटकीय स्थान धुलिखेलसम्म विद्युतिय बस संचालन गर्न सरकारले पहल सुरु गरेको छ ।
उक्त कार्यका लागि जीआईजेडसँग १५ वटा विद्युतीय बस र आवश्यक स्थानमा चार्जिङ स्टेसन निर्माण गरिदिन प्रस्ताब गरिएको छ ।
सरकारको उक्त प्रस्तावमा जीआईजेड सकारात्मक देखिएको यातायात तथा भौतिक पूर्वाधार मन्त्रालयले जनाएको छ ।
सरकारले नमुना प्रयोगको लागि यसको सुरुवात गर्न लागेको हो । काठमाडौंको प्रदुषण कम गर्न धुँवा नफाल्ने र वातावरणमैत्री सुविधा भएकाले विद्युतीय सवारी सवै भन्दा उचित विकल्प हो ।
विद्युतीय बस सञ्चालनको लागि कम्पनी दर्ता गर्ने प्रक्रिया पनि अघि बढाउन लागेको छ ।

