अप्रिलियाको २०० सीसी स्कुटर आउँदै

पियाजियो ग्रप अन्तर्गतको भेस्पा र अप्रिलिया ब्रान्डका स्कुटर उत्पादन गर्दै आएको छ । अप्रिलिया ब्रान्डमा कम्पनीले नयाँ स्कुटर ल्याउने तयारी गरेको छ । २०२० सम्ममा अप्रिलियाको २०० सीसी इन्जिन क्षमताको स्कुटर भारतीय बजारमा सार्वजनिक हुनेछ ।

पियाजियो ग्रुपले अब १२५ सीसी भन्दा कम इन्जिन क्षमताका स्कुटर उत्पादन नगर्ने भएको छ । पियाजियो भेइकलका प्रवन्ध निर्देशक तथा सीइओ डिएगो ग्राफिले कम्पनी अहिलेको दुईपांग्रे बजारमा प्रतिस्पर्धा गर्ने भन्दा पनि आफ्नो छुट्टै सेगमेन्ट स्थापित गर्ने योजनामा रहेको बताए ।

अहिले पियाजियो कम्पनी भारतीय बजारका लागि १५० देखि २०० सीसी इन्जिन क्षमताको स्कुटर बनाउने तर्फ केन्द्रीत भएको उनको भनाई छ । नयाँ स्कुटर मुख्य गरि भारतीय बजारलाई लक्षित गरि बनाइने कम्पनीले जनाएको छ ।

भारतीय बजारका लागि बनाइने स्कुटरको विकासमा भने इटालीमा रहेको कम्पनी रिसर्च एन्ड डेभ्लपमेन्ट सेन्टरसँग समेत समन्वय हुने ग्राफिको भनाई छ । पियाजियोले बनाउने २०० सीसीको स्कुटर २०२० को अटो एक्सपोमा सार्वजनिक हुने अनुमान गरिएको छ ।

उक्त स्कुटरमा फ्युल इन्जेक्सन टेक्लोनोली सहित बीएस–६ स्ट्यान्डर्डमा आउनेछ । स्कुटरमा समावेश हुने अन्य विशेषताको बारेमा भने कम्पनीले केही खुलाएको छैन ।


Back_to_top