काठमाडौं । काठमाडौंको ट्राफिक जाम अहिलेको मुख्य समस्याको रुपमा देखिएको छ । सहरका मुख्य चोकहरुमा कार्यालय समयमा निक्कै बेर रोकिनु पर्ने अवस्था रहेको छ ।
काठमाडौंका प्रमुख चोकहरु कोटेश्वर, वानेश्वर, थापाथली, माइतीघर, कालिमाटी चावहिल महाराजगञ्जलगायतका स्थानमा धेरै जाम हुने गरेको छ । विषेशगरी बिहान ९ देखि ११ बजे र साँझ ४ देखि ६ बजेम्म ट्राफिक जाम धेरै हुन्छ ।
जाम हुने मुख्य समयमा ठूला चोकमा कति सवारी गुड्छन् भन्ने पत्ता लगाउन काठमाडौं महानगरपालिकाले केही समय अघि अध्ययन समेत गरेको थियो । काठमाडौं महानगरपालिका सहरी योजना आयोगलले ०७५ चैतमा विज्ञ सम्मेलित टोली बनाएर जाम हटाउने विषयमा अध्ययन समेत गरेको हो । समितिले कोटेश्वर–भक्तपुर, थापाथली–कुपण्डोल र रत्नपार्क आसपासको क्षेत्रमा हुने सवारी चापको अध्ययन गरेको थियो ।
कोटेश्वरको जाम हटाउन पेप्सीकोला तर्फ जाने सवारी साधनलाई जडिबुटीको आकाशेपुल वारीबाट ढुंगे धारा हुँदै प्रवेशको व्यवस्था मिलाउन सकिने प्रतिवेदनमा उल्लेख छ ।
महागनरपालिका सहरी योजना आयोगले कमल पाण्डे, ट्राफिक प्रहरीका पूर्व इनिक्सपेक्टर सिताराम हाछेथु लगायतको टोलीले बनाएर अध्ययन गरेपछि प्रतिवेदन आयोगलाई बुझाइ सकेको छ । उक्त प्रतिवेदनमा महानगर क्षेत्रको सवारी जाम हटाउने विकल्पहरु समेत सुझाइएको छ ।
जाम हटाउन यस्तो छ टोलीको सुझाव
रत्नपार्कमा बस विसौनी राख्न नहुने सुझाव टोलीले दिइएको छ । रत्नपार्कमा विसौनी राख्दा दुर्घटनाको जोखिम र जाम दुवै बढेको अध्ययन टोलीको निष्कर्ष छ । रत्नपार्कको बस विसौनी अन्यत्र सार्नुपर्ने प्रतिवेदनमा छ । चाबहिल चोक अव्यवस्थित बनेको भन्दै ट्राफिक आइल्याण्ड र आकाशेपुल बनाउनु पर्ने सुझाव टोलीको छ । चावहिलमा प्लास्टिक डिभाइडर राख्नुपर्ने सुझाव प्रतिवेदनमा उल्लेख छ ।
यस्तै गौशलामा समेत आकाशेपुल बनाउनुपर्ने सुझाव दिइएको छ । थापथलीको जाम घटाउन वैकल्पिक मार्ग पहिचान गरेर प्रयोग गर्नुपर्ने निष्कर्ष निकालिएको छ । कोटेश्वरको जाम हटाउन पेप्सीकोला तर्फ जाने सवारी साधनलाई जडिबुटीको आकाशेपुल वारीबाट ढुंगे धारा हुँदै प्रवेशको व्यवस्था मिलाउन सकिने प्रतिवेदनमा उल्लेख छ ।
कोटेश्वरमा एक मिनेटमा सरदर ८७ जना मानिसले बाटो काट्ने गरेको छन् । यसले २५ गाडी र ५० मोटरसाइकल रोकिनु पर्ने अवस्था रहेको छ ।
टोलीका अनुसार वैकल्पीक मार्गको स्तरोन्नती गनुपर्ने र दुईवटा छाप्रा हटाउनुपर्ने देखाएको छ । साथै भक्तपुरबाट आउने सवारीको बिसौनी महानगरिय ट्राफिक प्रहरी प्रभाग कोटेश्वरको कार्यालय अघि बनाउनुपर्ने सुझाव टोलीले दिएको छ । त्यस्तै बालकुमारी तर्फबाट आउने सावरीको विसौनी महानगरिय प्रहरी प्रभाग कोटेश्वर अघि बिसौनी तोक्नुपर्ने सुझाव टोली दिएको छ ।
भक्तपुर र बालकुमारीतर्फको दुई रुटबाट आउने गाडी मध्ये वानेश्वर तर्फ जाने गाडीको अर्को बिसौनी तीनकुने र चावहित तर्फ जाने गाडीको विसौनी गैरीगाँउ तोक्नुपर्नेछ । यस्तै कोटेश्वरमा तत्काल आकाशेपुल आवश्यक रहेको टोलीले निश्कर्ष निकालेको छ ।
कोटेश्वरमा एक मिनेटमा सरदर ८७ जना मानिसले बाटो काट्ने गरेको छन् । यसले २५ गाडी र ५० मोटरसाइकल रोकिनु पर्ने अवस्था रहेको छ । कोटेश्वरबाट पूर्व तर्फ जाने माइक्रोबस जडिबुटी अघि नै रोक्नुपर्ने सुझाव टोलीले दिएको छ । एक दिनमा ४२० भन्दा बढी माइक्रो विपी राजमार्ग भएर गुड्छन् । यसरी जाने अधिकांश माइक्रोबस कोटेश्वर चोक पार गरेरै जान्छन् ।
यी स्थानमा ट्राफिक लाइट आवश्यक
विश्वका धेरै देशका सहरमा सवारीलाई ट्राफिक लाइटको माध्यमले आवागमन गराउँछ । नेपालमा भने राजधानीमै पनि ट्राफिक प्रहरीले नै हात हल्लाएर सवारी रोक्ने तथा पठाउने गरेको छ । विगतमा काठमाडौं धेरै चोकमा ट्राफिक लाइट थिए, जतिबेला ट्राफिक जाम निक्कै कम हुन्थ्यो ।
महानगरको अध्ययन टोलीले भने महानगर क्षेत्रभित्रका ३८ चोकमा ट्राफिक लाइट जडान गर्नुपर्ने आवश्कता औल्याएको छ ।
समयक्रमसँगै विग्रिएका ती लाइट मर्मत हुन सकेनन् । हाल वानेश्वर र महाराजगञ्जमा मात्रै ट्राफिक लाइट सुचारु रहेका छन् । अन्य चोकमा ट्राफिक लाइट जोडिएको छैन, कुनै चोकमा ट्राफिक लाइट जोडिएपनि बल्दैनन् । महानगरको अध्ययन टोलीले भने महानगर क्षेत्रभित्रका ३८ चोकमा ट्राफिक लाइट जडान गर्नुपर्ने आवश्कता औल्याएको छ ।
वानेश्वर र महाराजगञ्ज बाहेक अन्यत्र ट्राफिक लाइट छैन । ३८ स्थानमा लाइट आवश्यक देखाएको छ । सबै स्थानमा ट्राफिक लाइटले एकरुपताका साथ काम गर्ने हो भने काठमाडौंको ६० प्रतिशत स्वतः हट्ने प्रतिवेदनमा उल्लेख छ ।


