काठमाडौं । अप्रिलियाको स्पोर्टी डिजाइन स्कुटर अप्रिलिया एसआर १६० मासिक साढे ८ हजार रुपैयाँ किस्ता तिर्नेगरी खरिद गर्न सकिने भएको छ ।
भेष्पा र अप्रिलियाको नेपालका लागि आधिकारिक बिक्रेता डेल्टाले ल्याएको नयाँ वर्ष अफर अनुसार मासिक ८ हजार ६८३ रुपैयाँ किस्तामै अप्रिलिया एसआर १६० किन्न पाइने भएको हो ।
कम्पनीले यस स्कीम अन्तर्गत ग्राहकले ५० प्रतिशत डाउन पेमेन्टमै स्कुटर खरिद गर्न सक्नेछन् । साथै, फाइनान्स सुविधामा स्कुटर खरिद गर्दा ४.९९ प्रतिशत मात्रै ब्याजदर तिर्नुपर्नेछ ।
अप्रिलिया एअसआर १६० बीएस ६ इन्जिन भएको स्कुटरको मूल्य ३ लाख ९५ हजार ९०० रुपैयाँ रहेको छ । ५० प्रतिशत डाउन पमेन्ट गर्ने ग्राहकले कति डाउन पमेन्ट गर्नु पर्छ भन्ने थाहा पाउन यहाँ क्लिक गर्नुहोस् ।
फाइनान्समा स्कुटर किन्दा कुनै पनि अन्य शुल्क नलाग्ने तथा झन्झटरहित तरिकाले फाइनान्स सुविधा उपलब्ध गराउने कम्पनीको भनाइ छ । ग्राकहले २४ महिनाको कर्जा अवधि पाउने छन् ।
त्यस्तै, कम्पनीले ल्याएको स्कीममा नगद छुटदेखि एक्सचेन्जमा वोनससम्म उपलब्ध छ । कम्पनीले ‘खुसीयाली साटा-साट’ नाम दिएको नयाँ वर्ष स्कीममा भेष्पा अप्रिलियाको स्कुटर खरिद गर्दा ग्राहकले नगद १० हजार छुट पाउने छन् ।
यस्तो छ स्कुटर
अप्रिलिया एसआरमा १६० सीसी सिंगल सिलिन्डर एफआई इन्जिन रहेको छ । यो अप्रिलिया लाइनअपमा सबैभन्दा पावरफुल इन्जिन भएको स्कुटर हो । यो इन्जिनले ११.२७ पीएस पावर तथा १३.४४ एनएम टर्क जेनेरेट गर्छ ।
यो स्कुटरमा फुल डिजिटल डिस्प्ले दिइएको छ । यसमा डिजिटल ट्रिप मिटर, डिजिटल ओडोमिटर। सभिर्स रिमाइन्डर जस्ता फिचर उपलब्ध छ ।
त्यस्त, यसमा एबीएस, टेलिस्कोपिक सस्पेन्सन, एलईडी लाइट्स, अलोय ह्वील पाउन सकिन्छ ।