धनगढीमा जल्यो एरोमा ब्राण्डको स्कुटर, कारण खोज्न चिनियाँ टोली आउँदै

तस्बिरः इलेक्ट्रीक भेहिकल ग्रुपबाट

काठमाडौं । एरोमा इलेक्ट्रीक स्कुटरमा आगो लागेको छ । धनगढीमा एरोमा इलेक्ट्रीक स्कुटरमा आगो लागेको हो ।

बुधबार साझँ चलाउँदा चलाउँदै अवस्थको स्कुटरमा आगो लागेको हो । धनगढी शहिद गेट नजिकै भएको उक्त घटनामा स्कुटरमा क्षती भएको छ । तर, स्कुटर चालक सकुलश रहेका छन् । हस्पीटल नजिकै आगो लागेका कारण सहजै आगो नियन्त्रणमा लिन सकिएको प्रहरीले जनाएको छ ।

प्रहरी र स्थानियले हस्पीटलमा रहेको फायर एक्सटिङ्गुसरको प्रयोग गरेर आगो नियत्रणमा लिएका थिए । एरोमा इलेक्ट्रीक स्कुटर नेपालीमा आरोग्य ग्रुप मोटर्सले आयात तथा बिक्री वितरण गरिरहेको छ ।

‘यसमा वायरिङ सर्ट भएर आगो लागेको हुन सक्ने अनुमान गरिएको छ । हामीले चिनियाँ इन्जिनियरिङ टिमलाई खवर गरेको छौं, त्यसपछि घटनाको बारेमा यकिन भन्न सकिन्छ,’ आरोग्य ग्रुपका निर्देशक यज्ञराज ढुगांनाले मेरोअटोसँग भने ।

उनले ग्राहकको समस्याका समाधन तुरुन्तै गर्ने र चिनियाँ कम्पनीले अनुसन्धान गरे पश्चात् घटनाको सत्यतथ्य विवरण बाहिर ल्याउने जानकारी दिए ।

पछिल्लो समय नेपालमा इलेक्ट्रीक स्कुटरमा आगोलागीको घटना बढ्दै गएको छ ।


Back_to_top