गतवर्ष ४ लाख ३७ हजार यूनिट सवारीसाधन आयात

काठमाडौं । यातायात व्यवस्था विभागले आर्थिक वर्ष २०७४/०७५ को नौ महिनामा चार लाख ३७ हजार ६ सय १४ सवारीसाधन दर्ता भएका छन् । 

विभागको तथ्यांक अनुसार मेची अञ्चलमा नौ हजार तीन सय ९१ सवारीसाधन दर्ता भएका छन् भने, कोशी अञ्चलमा ३१ हजार आठ सय ९९, सगरमाथामा १३ हजार सात सय ९१, जनकपुरमा २२ हजार तीन सय ८६ र नारायणी अञ्चलमा ९२ हजार ६ सय ८ वटा सवारीसधान दर्ता भएका छन् ।

त्यस्तै, बागमती अञ्चलमा १ लाख ४ हजार ४ सय ४४ मोटरसाइकल र २५ हजार एक सय १३ साना ठूला गाडी दर्ता भएको विभागले जनाएको छ ।

गण्डकी अञ्चलमा २० हजार पाँच सय ६०, लुम्बिनीमा ७७ हजार तीन सय ५०, धौलागिरीमा एक हजार ६ सय ४३ र राप्तीमा चार हजार तीन सय २२, भेरीमा १८ हजार चार सय आठ, कर्णालीमा दुई सय ७४, सेतीमा १२ हजारम चार सय ४५ र महाकाली अञ्चलमा दुई हजार नौ सय ८० सवारीसाधन दर्ता गरिएको छ । 

विभागको तथ्यांक अनुसार आर्थिक वर्ष २०७४/०७५ मा सबैभन्दा धेरै मोटरसाइकल दर्ता भएका छन् । जसअनुसार ३ लाख ४१ हजार ६ सय २३ मोटरसाइकल दर्ता भएमा छन् भने सबैभन्दा कम एक हजार नौ सय ३४ माइक्रोबस दर्ता भएका छन् । त्यस्तै, दुई हजार नौ सय ७२ बस, एक हजार नौ सय ७३ मिनीबस र मिनीट्रक, १२ हजार १ सय ५४ क्रेन स्काभेटर, टिपर, ट्रक दर्ता भएका छन् ।

त्यस्तै, दर्ता भएका कार, भ्यान र जीपको संख्या २४ हजार तीन सय ३८ रहेको छ भने, १६ हजार दुई सय नौ टेम्पो, १३ हजार तीन सय ९६ ट्याक्टर पावरलेटर, १२ हजार तीन सय २५ इलेक्ट्रीक रिक्सा तथा दर्ता भएका अन्य सवारीसाधनको सङ्ख्या तीन सय ४८ रहेको छ । 


Back_to_top