कम्पासको नयाँ भेरियन्ट ६ महिना भित्रै, नेपालमा जीप केही दिनमा लन्च हुँदै

काठमाडौं । जीपका प्रमुख स्टेप जानलुङ्गीले कम्पनीलाई ‘फ्रेश तथा अलाइभ’ राख्न आगामी ६ महिनाभित्र चर्चित मोडल जीप कम्पासको नयाँ भेरियन्ट सार्वजनिक गर्ने बताएका छन् । 

नयाँ संस्करणमा आधारित कम्पासमा अत्याधुनिक विशेषता समेटिने बताउँदै जानलुङ्गीले २०१९ को सुरुवातमा नै भारतीय बजारमा लञ्च गर्ने घोषणा गरेका हुन् । 

२०१७ को जुलाईमा सार्वजनिक भएको जीप कम्पास १७ लाख ५३ हजार भारतीय रुपैयाँमा बिक्री भैरहेको छ । अबको केही दिनमा नेपाली बजारमा सार्वजनिक हुने तयारी भइरहेको कम्पास नेपालमा सार्वजनिक हुनुपूर्व नै फेसलिफ्ट आउने घोषणा भइसकेको छ ।

भारतीय बजारमा उत्पादन भएर हालसम्म २५ हजार युनिट जीप कम्पास बिक्री गरिसकेको कम्पनीले पहिलो वर्ष पुरा गरेको छ । नयाँ संस्करणअन्तर्गत अफ रोड कन्सेप्टमा आधारित जीप कम्पासमा २.० लिटर मल्टी जेट डिजेल इञ्जिन लगाउने कम्पनीले जनाएको छ । इन्जिनमा ९ स्पीड अटोमेटिक ट्रान्समिसन लगाइनेछ । 

कम्पनीले कस्मेटिक रिभिजनपश्चात् ब्राजिलियन बजारमा कम्पास नाइट इगलको नयाँ एडिसन सार्वजनिक योजना बनाएको छ । यसमा १८ इन्च एलोई ह्वील, फगलाइट बेजल्स, सेन्टर कन्सोल र एसीभेन्टलगायतका विशेषता दिइनेछ ।

जीप कम्पासको परिमार्जित संस्करण १.४ टर्बोचार्जज्ड पेट्रोल र २.० लिटर मल्टी जेट डिजेल भेरियन्टमा सार्वजनिक हुनेछ । पेट्रोल भर्सनअन्तर्गत जीपको मूल्य १५ लाख ३४ हजारदेखि २० लाख ५० हजार भारतीय रुपैयाँसम्म निर्धारण हुने अनुमान गरिएको छ ।

त्यस्तै, डिजेल भेरियन्टको मूल्य १६ लाख ५५ हजारदेखि २१ लाख ९४ हजारसम्म तोकिने कम्पनीले जनाएको छ । 


Back_to_top