आयो अगाडि दुई पाङग्रा भएको स्कुटर, यस्तो छ विशेषता

फ्रान्सको अटो निर्माता कम्पनी प्युजोले चीनमा थ्रि ह्वीलर स्कुटर मेट्रोपोलिस सार्वजनिक गरेको छ । 

युवा पुस्तालाई मध्यनजर गर्दै निर्माण गरिएको प्युजो मेट्रोपोलिसमा अन्य स्कुटरमा उपलब्ध सबै प्रकारका सुविधाको अलावा आफैँमा धेरै सुविधा दिएको छ । 

स्कुटरको फ्रन्टमा ट्वीन हेडल्याम्प्स लगाइएको छ भने, प्युजोको लोगो र विन्डस्क्रिन दिइएको छ । 

प्युजो मेट्रोपोलिसमा–४०० सीसी क्षमताको इन्जिन दिइएको छ, जसले ३५ बिएचपी पावरका साथै ३८ एनएम टर्क उत्पादन गर्छ । यसको इन्जिनमा अटोमेटिक गियरबक्स लगाइएको छ । एबिएस सिस्टम, इर्मजेन्सी ब्रेक लगाएपछि आपतकालिन अवस्थाबारे जानकारी दिने लाइट जडान गरिएको छ । 

यस्तो सुविधा जडित मेट्रोपोलिस संसारकै पहिलो स्कुटर हो । सुरक्षालाई मध्यनजर गर्दै परिवर्तन गर्न सकिने टेक्शन कन्ट्रोलसमेत यसमा दिइएको छ ।

चालकले आफ्नो आवस्यकता अनुसार चलाउन स्कुटरमा अर्वान र स्पोर्ट दुई राइडिंगमोड अप्शन दिइएको छ ।  

लामो यात्रालाई ध्यानमा राख्दै निर्माण गरिएको तीन पांङग्रे स्कुटरमा स्मार्टफोन चार्जको लागि युएसबी पोर्ट लगाइएको छ । यो स्कुटरबाट लामो यात्रा गर्न सकिने छ ।

नेपाली बजारमा प्यूजोको कारहरु बिक्री वितरण भइरहेको भएपनि अहिल्यै नेपाली बजारमा यो आउने छैन । तर कम्पनीले केही समय भित्रै भारतीय बजारमा यसलाई विक्री वितरण गर्ने जनाएको छ । यदी भारतीय बजारमा यसको उपस्थिति भयो भने नेपाली बजारमा नआउला भन्न सकिदैन । 

यसको मूल्य युरोपियन बजारमा ७ हजार पाउन्ड हाराहारीमा रहेको छ । 


Back_to_top