नेपाल आयो नयाँ क्रेटा फेसलिफ्ट, पुरानोको तुलनामा थपिए यी फिचर

काठमाडौं । लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालीले आफ्नो निकै सफल र चर्चित एसयूभी क्रेटाको नयाँ फेसलिफ्ट भर्सन नेपाली बजारमा सार्वजनिक गरेको छ । 

नेपाली बजारमा धेरैनैै मन पराईएको क्रेटाको फेसलिफ्ट मोडलमा अझ नयाँ परिवर्तन गरिएको छ । यसमा भएको परिवर्तन बाहिरबाटै यसको फ्रन्टग्रिलमा देख्न सकिन्छ जुन पहिलाको भन्दा ठूलो बनाईएको छ । साथै, स्टिल क्रोमले यसलाई अझ एग्रेसिभ बनाएको छ  । 

यसको बम्पर पहिलाको मोडल भन्दा फरक छ भने, डियुल टोन कलरको प्रयोगले यसलाई अझ स्पोर्टी बनाएको छ । यसमा प्रोजेक्टर हेडलाईटको प्रयोग भएको छ । फगल्याम्प युनिट पनि नयाँ डिजाइन गरिएको छ । 

एलइडी डेटाइम रनिङ्गलाईटको प्रयोग हेडल्याम्पमा नभई फगल्याम्पसँग राखिएको छ । नयाँ डिजाइनको १७ इन्चको डायमण्ड कट एलोय ह्वीको प्रयोग गरिएको छ । 

इन्टेरियर परिर्वतन 

यसको इन्टेरियरमा पनि धेरै परिवर्तन गरिएको छ भने, सनरुफको अप्सन दिइएको छ । ६ प्रकारको  सुविधा भएको इलेक्ट्रीक ड्राइभर सिट एटजस्मेन्ट अफसनले कारलाई निकै लग्जरीयस बनाएको छ । यसको सहयोगले ड्राइभर सिटलाई सजिलै सुइचको माध्यमले तल, माथि, अगि पछि गर्न सकिन्छ । साइज एडजस्टएवल सिटबेल्टको सुविधा पनि रहेको छ । यसमा स्टेरिङ्ग एडजस्टमेन्ट अफ्सन पनि रहेको छ, जसले आफूूलाई कर्फटेवल हुने हाइटमा स्टिेरिङ्ग एडजस्ट गर्न सकिन्छ भने क्रुज कन्ट्रोल फिचर पनि एसमा थपिएको छ  । 

रियर पार्किङ्ग सेन्सर तथा रियर क्यामरा डाइनामिक गाईड लाइनसहित दिइएको छ जसले साँघुरो तथा अफ्ट्यारो ठाउमा पनि सजिलै पाकिङ्गको लागि सघाउ पूर्याउछ । यसमा रियर भ्यु मिरर अटो डीमीङ हुने प्रकारको राखिएको छ, जसको सहायताले रातीको समयमा गाडी ड्राईभगर्दा पछाडिको गाडीले हाईबिम हेडलाईट राखेर चलाएमा पनि मिररलाई एडजस्ट गरिरहनु पर्दैन । यसमा रहेको इन्फोटेन्मेन्ट सिस्टम पनि अपडेट भएको छ जसले एप्पल कारप्ले र एन्ड्रोइड अटो सपोर्ट गर्छ । 

यसमा प्रयोग भएको सिट कभर तथा ड्यास बोर्डको प्लाष्टिक उच्च गुणस्तरको रहेको छ । यो गाडि पहिलाको जस्तै १.६ लीटरको पेट्रोल तथा १.४ र १.६ लीटरको डिजल इन्जीनमा उपलब्ध रहेको छ । तर नेपालमा भित्रिएको क्रेटामा भने भारतमा जस्तो स्मार्ट ब्याण्ड तथा वायरलेस चार्जरको सुविधा हाललाई उपलब्ध नरहेको कम्पनीले बताएको छ । 


Back_to_top