काठमाडौं । केही समय अघिसम्म स्कुटर भनेको सहरी क्षेत्रका लागि र महिलाको सहजताका लागि मात्र प्रयोग हुने गरेको पाइन्थो । तर, विस्तारै स्कुटरको परिभाषा परिर्वतन हुँदै अहिले स्कुटर सहरी क्षेत्रमा यूनिसेक्स सवारी साधनको रुपमा परितिच हुँदै आएको छ ।
योसँगै मोटरसाइकल तथा स्कुटर उत्पादन कम्पनीहरुले स्कुटरको डिजानइन तथा यसको पर्फमेन्समा समेत व्यापक सुधार गरेर अफरोडमा समेत मज्जाले यात्रा गर्न सक्ने बनाएका छन् । नेपालको मनाङ र मुस्ताङ जस्ता जिल्लाको विकट क्षमा समेत स्कुटर प्रयोग हुन थालेको छ ।
अहिले बजारमा सबैजसो कम्पनीले १२५ सीसी क्षमताका स्कुटर उपलब्ध गराएका छन् । यी सबै स्कुटरहरुमा केही न केही फरक विशेषता पाउन सकिन्छ । त्यसकारण यूवाहरुको रोजाईमा १२५ सीसीको स्पोर्टी डिजाइनका स्कुटर पर्दै आएका छन् ।
बजारमा १२५ सीसी सेग्मेन्टमा टीभीएस, होन्डा, यामाहा, सुजुकी, हिरो, अप्रिलिया जस्ता कम्पनीले स्कुटर विक्री गर्दै आएका छन् । सुजुकीले भने केही समय अगाडि मात्रै नेपालमा नयाँ स्पोर्टी डिजाइनको पावरफुल स्कुटर नेपाल ल्याएको हो ।
सुजुकी मोटरसाइकल तथा स्कुटरको आधिकारीक विक्रेता भिजी सुजुकीको अनुसार सुजुकी एभेनिस १२५ ले अहिले निकै राम्रो ब्यापार गर्न सफल भएको छ ।
अहिले बजारमा धेरै छनोट उपलब्ध भएसँगै १२५ सीसी सेग्मेन्टमा कुन स्कुटर किन्ने भनेर सोचमा परेका ग्राहकलाई सुजुकी एभेनिसका बारे जान्ने पर्ने ५ तथ्य हामीले यहाँ प्रस्तुत गरेका छौं ।
लुक्स
सुजुकी एभेनिस १२५ नयाँ फ्रेस लुक्सको स्कुटर हो । अहिले यूवाहरुले स्कुटर खरिद गर्दा पहिलो हेर्ने भनेको डिजाइन हो । सुजुकी एभेनिस १२५ को डिजाइनमा कम्पनीले कुनै कमी हुन दिएको छैन ।
यसको फ्रन्टमा दिइएको एज (कट्स)ले यसको डिजाइनमा थप आकर्षण थपेको देखिन्छ । यसको रियरमा ट्वीन एलइडी ब्रेक लाइट र मोटरसाइकलमा जस्तै डिजाइनको टर्न इन्डिकेटर दिएको छ । कम्पनीले यसमा प्रयोग गरेको ग्राफिकले पनि यसको लुक्सलाई अझै आकर्षक देखाएको छ ।

फिचर
एभेनिस १२५ स्कुटरमा भएको एकदमै प्रयोगात्मक फिचर यूएबी चार्जिङ पोर्ट हो । यो स्कुटरको फ्रन्टको दायाँतर्फ ग्लोवबक्स दिइएको छ । देब्रेतर्फ यूएसबी चार्जसहितको वाटर प्रुफ बक्स छ । यसमा मोवाइल राखेर चार्ज गर्न सकिन्छ ।
त्यस्तै यसमा फ्यूल रिफिल गर्नका लागि सिटको बाहिरनै फ्यूल क्याप दिइएको छ यसले स्कुटको बुट खोल्न सहज बनाउँछ । २१ लिटर क्षमताको डिसेन्ट बुट स्पेश भएको कारण सजिलै हाफ हेलमेट र अन्य सामान राख्न सकिन्छ । त्यस्तै यसमा साइड स्ट्याण्ड इन्जिन कट सेन्सर उपलब्ध छ ।
यसमा दुईवटा लगेज हुक दिइएको छ, जुन प्रयोग गर्न सहज छ । यसका साथै एभेनिसमा भएको फुल डिजिटल एलइडी कन्सोलमा सबै प्रकारका इन्र्फमेसन पाउन सकिन्छ ।
माइलेज
एभेनिस १२५ स्कुटरमा ५.२ लिटरको इन्धन ट्याङ्क दिइएको छ । कम्पनीको दावी अनुसार यो स्कुटर १ लिटर पेट्रोलको प्रयोगमा ५५ किलोमिटर यात्रा गर्न सकिन्छ । अहिले बजारमा पाइने १२५ सीसी सेग्मेन्टका स्कुटहरुमा पाइने माइलेज मध्ये एभेनिस १२५ को माइलेजलाई उत्कृष्ट मान्न सकिन्छ ।
ब्रेकिङ
सुजुकीको ब्रेकिङ एड्भान्स टेक्नोलोजीमा आधारित ब्रेकिङ सिस्टम यसमा पाउन सकिन्छ । भारतले सवारीसाधनको सुरक्षा मापदण्ड अन्तर्गत १२५ सीसीमा अनिवार्य गरिएको कम्वाईन ब्रेकिङ सिस्टम यसमा उपलब्ध छ ।

कम्वाईन ब्रेकिङ फिचर उपलब्ध स्कुटरमा अगाडिको ब्रेक लगाउँदा आवस्यकताको हिसावले पछाडिको ब्रेक पनि अप्लाई हुन्छ । त्यही कारण ब्रेकिङ क्षमता र स्टेबलिटी क्षमतामा एभेनिस अब्बल छ ।
इन्जिन/पर्फमेन्स
सुजुकी स्कुटरको विशेषता मध्ये एक यसको पर्फमेन्स हो । यो स्कुटर चलाउँदा कुनै भाइव्रेसन फिल नहुने र यो स्कुटरको एक्सिलेरेसन एकदमै स्मुथ रहेको छ ।
यो स्कुटरमा १२४ सीसी सिगंल सिलिन्डर, एयर कुल्ड इन्जिन दिइएको छ । यसले ६७५० आरपीएमा अधिकतम ८.५ बीएच पावर तथा ५५०० आरपीएममा अधिकतम १० एनएम टर्क जेनेरेट गर्छ । यसको टप स्पीड क्षमता ९२ किलोमिटर प्रतिघन्टा रहेको छ । यो अन्य प्रतिस्पर्धीको तुलनामा केही धेरै हो ।

