काठमाडौं । जर्मन विद्युतीय कार निर्माता कम्पनी ‘इ डट गो’ले आफ्नो दोस्रो मोडल सार्वजनिक गरेको छ । कम्पनीले ‘इ डट वेभ एक्स’ नाम दिएर आफ्नो दोस्रो मोडल पेरिस मोटर शोमा सार्वजनिक गरेको हो ।
मिनी क्रसओभर डिजाइनमा देखिएको इ डट वेभ एक्स मोडल निकै लोभलाग्दो देखिन्छ । स्टाइलिस फ्रन्ट बम्पर, हेडलाइटसँगै दिइएको दुई लाइट, अगाडि स्कीड प्लेट, १८ इन्चको अलोय ह्वील, रुफरेल जस्ता फिचरले यसलाई मिनी एसयूभी लुक्स प्रदान गरेको हो । अगाडिको हेडललाइट भने क्लासिक डिजाइनमा पाउन सकिन्छ ।

ड्यासबोर्डमा दिइएको २३ इन्चको विशाल डिजिटल प्यानलमा इन्फोटेन्टमेन्ट सिस्टम र ड्राइभर इन्फर्मेशन डिस्प्ले दिइएको छ । डिजिटल प्यानलको तल्लो भागमा बटमहरु पनि दिइएको छ ।
तीन ढोका र ४ सिट क्षमताको यो मिनी क्रसओभरमा लेदर सिट, वायरलेस चार्जर, आधुनिक सुरक्षा फिचर दिइएको छ । रियर ह्वील ड्राइभ सिस्टममा आउने यो कारमा ८० किलोवाट क्षमताको मोटर दिइएको छ । इको, कम्र्फट र स्पोर्टस् मोडल मध्ये आवश्यकता अनुसार छनोट गरेर चलाउन मिल्ने यो कारले एक पटकको फुल चार्जमा २४० किलोमिटर रेन्ज प्रदान गर्ने डब्लूएटीपीको परिक्षणले देखाएको छ ।
कम्पनीले २४ हजार ५०० डलर मूल्य तोकेर यसलाई विक्री सुरु गर्ने भएको छ । यो कारले ११ किलोवाट क्षमताको एसी चार्जर सपोर्ट गर्ने छ ।

