२५ किलोवाटको इलेक्ट्रीक स्पोटर्स मोटरसाइकल अर्को महिना सार्वजनिक हुने

काठमाडौं । अल्ट्राभाइलेट अटोमोटिभ कम्पनीले ‘एफ-७७’ इलेक्ट्रीक स्पोर्टस् बाइकको चाँडै विक्री सुरू गर्ने भएको छ । कम्पनीले यसको सेप्टेम्बर २४ तारिखमा भारतीय बजारमा सार्वजनिक गर्ने भएको हो ।

कम्पनीका अनुसार ५ वर्षको आरएनडी तथा लामो समयको टेष्टिङपछि मोटरसाइकल सार्वजनिक गर्ने भएको हो ।

कम्पनीले यसलाई भारतीय वायुसेना र उड्डयन क्षेत्रसँग सम्बन्धित मानिसहरूको बीचमा टेष्ट ड्राइभ क्याम्पसमेत संचालन गरेको थियो ।

कम्पनीका अनुसार यो मोटरसाइकल ७० हजार ग्राहकले प्रि बुकिङ गरिसकेका छन् । बुकिङ गर्नेमा विभिन्न १०९ देशका ग्राहक रहेको कम्पनीले जनाएको छ । कम्पनीले अल्ट्राभाइलेट एफ ७७ तीन भेरियन्टमा बजारमा ल्याउने भएको छ ।

यसमा २५ किलोवाट क्षमताको इलेक्ट्रीक मोटर दिइएको कम्पनीले जनाएको छ । यो भनेको यसको अधिकतम पावर ३४ पीएस पावर हो । यसको टर्क भने ९० एनएम रहेको छ । यो मोटरसाइकल ० देखि ६० को स्पीड मात्र २।९ सेकेन्डमा पूरा गर्छ । यो मोटरसाइकलको टप स्पीड १४७ किलोमिटर प्रतिघण्टा रहेको छ ।

कम्पनीले यसमा ४ किलोवाट क्षमताको तीन ब्याट्री अप्सन दिइको छ । यो ब्याट्री प्याकलाई फास्ट चार्जरले १।५ घण्टा र एसी चार्जरले ५ घन्टामा फुलचार्ज गर्न सकिने कम्पनीले जनाएको छ । एक पटक फुलचार्ज गरेर १५० किलोमिटरसम्म चलाउने सकिने कम्पनीको दाबी छ ।


Back_to_top