अल ह्वील र फोर ह्वील ड्राइभमा यस्ता छन् फरक

काठमाडौं । झट्ट सुन्दा अल ह्वील ड्राइभ र फोर ह्वील ड्राइभ उस्तै सुनिएपनि यी दुई सिस्टममा केहीे फरक रहेको हुन्छ । यसमा रहेको प्राविधिक भिन्नताले गाडीको ड्राइभिङमा फरकपन पाउन सकिन्छ ।

सामान्यतया अल ह्वील ड्राइभयुक्त गाडी राम्रो र खराव दुबै बटोमा गुड्दा धेरै खर्च गर्ने किसिमको हुन्छ । यसमा जुनसुकै समयपनि सबै चक्कामा समान पावर सप्लाई भइरहेको हुन्छ । तर, फोर ह्वील ड्राइभ कच्ची, हिलो र ठाडो बाटाहरुमा चलाउन उपयूक्त मानिन्छ । यसलाई चालकले आफ्नो आवस्यकता अनुसार प्रयोग गर्न सक्छ ।

अल ह्वील ड्राइभ

अल ह्वील ड्राइभ फिचर भएको गाडीको चारवटै चक्कामा सबै समय समान पावर दिइएको हुन्छ । अर्थात्, सबै चक्काले गाडीलाई गुडाउँछ । यस्ता गाडीमा जस्तोसुकै बाटो वा जुनसुकै समयमा गुड्दा पावरको समस्या हुँदैन । तर, आधुनिक प्रविधियुक्त गाडीमा बाटोको अवस्था कम्प्यूटरद्धारा मोनिटर गरेर आवस्यकता अनुसार अगाडि, पछाडि, साइडको चक्काहरूमा जुनमा आवस्यकता पर्छ त्यहाँ बढी पावर दिन सकिन्छ ।

अल ह्वील ड्राइभ अप्सन भएका गाडीले हिउँपरेको, चिप्लो वा चिसोले भिजेको बाटाहरुमा एकदमै राम्रो काम गर्छ । यस्ता गाडीले दिने माइलेज भने फोर ह्वील ड्राइभको दाँजोमा कम हुने गर्छ । किनकी उसले निरन्तर चारवटै चक्कालाई घुमाउन इन्जिनले धेरै पावर प्रदान गरिरहेको हुन्छ ।

फोर ह्वील ड्राइभ

सामान्य शब्दमा सुन्दा फोर ह्वील ड्राइभ भनेको चारवटै चक्काले सधैँ ड्राइभ गर्ने भन्ने बुझिन्छ तर, वास्तवमा त्यस्तो होइन । फोर ह्वील ड्राइभ अर्थात् चारवटै चक्कामा पावर दिएर गुडाउने अप्सन भएको गाडी हाे । यसको प्रयोग चालकले आफ्नो आवस्यकता अनुसार गर्नेछ ।

सामान्य अवस्थामा गाडीलाई दुईवटा चक्काको पावरले मात्र गुडाई रहेको हुन्छ । तर हिलो, कच्ची तथा एकदमै उकालो बाटोहरुमा फोर ह्वील ड्राइभको अप्सन अन गरिन्छ, जसले गर्दा चारवटै चक्कामा समान पावर दिन्छ र गाडी सजिलै अघि बढ्छ ।

यसको प्रयोग छोटो समयको लागि कम स्पीडमा गाडी चलाउँदा र खराव बाटाहरुमा उपयुक्त हुन्छ । फोर ह्वीलको प्रयोग गर्दा गाडीलाई गरुङ्गगो बनाउने र इन्धन बढि खपत गर्ने हुन्छ ।


Back_to_top