मोटरसाइकल किन्न चाहनेलाई २९ मिनेट मै कर्जा सुविधा

काठमाडौं । होन्डाको लागि नेपालको आधिकारीक वितरक स्याकार ट्रेडिङ कम्पनीले मोटरसाइकल तथा स्कुटर किन्ने ग्राहकलाई नयाँ कर्जा सुविधा प्रदान गर्ने भएको छ । कम्पनीले कागजपत्र पुरागरि कर्जा आवेदन दिएको २९ मिनेटमा नै कर्जा स्विकृत गर्नेगरि नयाँ कर्जा योजना ल्याएको हो ।

होन्डाका मोटरसाइकल तथा स्कुटर किन्न चाहने ग्राहकलाई स्याकार फाइनान्सले कर्जा सुविधा उपलब्ध गराउँदै आएको छ । कम्पनीले यसरी कर्जा लिन चाहने ग्राहकलाई ९.९९ प्रतिशत व्याजदरमा नै कर्जा सुविधा उपलब्ध गराउँदै आएको जनाएको छ ।

‘हामीले बजारमा सबैभन्दा कम व्याजदरमा कर्जा दिदै आएका छौं । तर, ग्राहकले त्यसको लागिभने भनेकै समयमा किस्ता रकम बुझाउनु पर्नेछ’, कम्पनी स्रोतले मेरोअटोसँग भन्यो ।

कुनैपनि मोटरसाइकल तथा स्कुटर खरिद गर्न चाहने ग्राहकले ४० देखि ५० प्रतिशतसम्म डाउन पेमेन्ट गर्नु पर्नेछ भने, बाँकी रकमलाई कर्जा सुविधा उपलब्ध हुने जनाइएको छ ।

होन्डाको मोटरसाइकल खरिद गर्न चाहने ग्राहकले दैनिक १९९ रुपैयाँ तिर्नेगरि मोटरसाइकल खरिद गर्न सक्ने छन् ।

अहिले होन्डाले नेपाली बजारमा होन्डा सिडी १००, सिबी साइन, यूनिकर्न, एक्सब्लेड, हर्नेट, सिबीआरका विभिन्न सिरिज, स्कुटरमा डियो, एभिएटर, ग्राजिया र एक्टीभा जस्ता मोडल बिक्री गर्दै आएको छ । यसका अलावा होन्डाका विभिन्न पर्फमेन्स बाइकसमेत बिक्री गर्दै आएको छ ।


Back_to_top