काठमाडौं । टीभीएसको एओजी (अपाचे ओनर्स ग्रुप) वाग्मती च्याप्टर सुरू भएको छ । टीभीएसले जेठ १४ गते शनिबार अपाचे ग्रुपको पहिलो राइड सम्पन्न गरेको हो ।
योसँगै अपाचे ओनर्स ग्रुपको वाग्मती च्याप्टरको आधिकारिक सुरूवात भएको छ । एओजीको वाग्मती च्याप्टरको पहिलो राइड धादिङ गोर्खा बीच रिसोर्ट पुगेको थियो भने यसमा ३५ जना राइड सहभागी रहेको कम्पनीले जनाएको छ ।
यो राइडमा नेपालका चर्चित मोटो भ्लगर विविधजंग थापा लगायत विभिन्न पेसामा आबद्ध राइडरहरू सहभागी भएको कम्पनीले जनाएको छ ।
टीभीएसले वाग्मती पश्चात् गण्डकी प्रदेशमा एओजी राइड आयोजना गर्ने तयारी गरको छ भने निकट भविष्यमा नै सातै प्रदेशमा एओजी राइड आयोजना गर्ने भएको छ ।
यस्तो राइडहरूमा कम्पनीले अनुभवी मार्सलहरूको निगरानीमा आयोजना गरेको थियो भने यसमा राइडरलाई रोड सेफ्टीको बारेमा जानकारीसमेत प्रदान गरिएको थियो ।

‘हामीले यति धेरै अपाचे ओनरहरू यो कार्यक्रममा सहभागी हुन्छन् भनेर सोचेका थिएनौं, राइडरहरूको यो सहभागिता देखेर हामिलाई उत्साहित बनाएको छ । अब चाँडै नै हामी नयाँ एओजी राइड गरेर अपाचे ओनरहरूसँग नजिक हुने वातावरण निर्माण गर्ने छौं, जगदम्बा मोटर्सका डीजीएम विक्रम पौडेलले भने ।


