बजाज पल्सर २२० एफ २० हजार सस्तोमा किन्ने मौका

काठमाडौं । बजाज पल्सर २२० एफ २० हजार सस्तो मूल्यमा किन्न सकिने अफर आएको छ । भृकुटीमण्डपमा आयोजना भइरहेको बजाज एक्सचेन्ज महामेलामा २० हजार सस्तोमा किन्न सकिने भएको हो ।

आगामी आर्थिक वर्ष २०७९र८० को बजेटले २०० सीसीभन्दा माथिको मोटरसाइकलमा बढाएको भन्सारदरले यो मोटरसाइकलको मूल्य वृद्धि हुने भएको हो । यसको मूल्य हाल ३ लाख ७४ हजार ९०० रुपैयाँ रहेको छ ।

कम्पनीका अनुसार एक्सचेन्ज महामेला पश्चात यो मोटरसाइकलको मूल्य ३ लाख ९५ हजार रुपैयाँ पुग्नेछ ।
बजाजको एक्सचेन्ज महामेला जेठ १८ गतेदेखि सुरू भएर २४ गतेसम्म चल्ने कम्पनीले जनाएको छ । यो अवधिमा ग्राहकले बजाज २२० एफ ३ लाख ७४ हजार ९०० रुपैयाँमा खरिद गर्ने अवसर रहेको छ । यो योजना नेपालभर रहेको बजाजको शोरुममा समेत उपलब्ध हुने कम्पनीले जनाएको छ ।

पल्सर २२० एफमा २२० सीसी डिटिएसआई, आयल कुल्ड, सिंगल सिलिण्डर इन्जिन दिइएको छ । यसमा उपलब्ध इन्जिनले ८५०० आरपीएममा २१ पीएस पावरका साथै ७००० आरपीएममा १९।१२ एनएम टर्क उत्पादन गर्छ । यसको इन्जिनमा पाँच स्पीड गियरबक्स लगाइएको छ ।

पावर, डिजाइन र कम्फर्ट यसको सफलताको मुख्य राज मान्ने गरिन्छ । यी तीन वटै कुरा युवाहरूको रोजाइमा पर्ने भएकाले पल्सर २२० नेपालमा सफल भएको हो । यस मोटरसाइकलको टप स्पीड क्षमता प्रतिघण्टा १३४ किलोमिटर रहेको छ । यसको सीट हाइट ७९५ एमएम रहेको छ ।

१५५ किलोग्रामको यो बाइकमा १६५ एमएमको ग्राउन्ड क्लियरेन्स रहेको छ भने १५ लिटर क्षमताको इन्धन ट्यांकी दिइएको छ ।


Back_to_top