पेट्रोल खर्च कम गर्ने ४ मोटरसाइकल

काठमाडौं । भारतले हरेक १५ दिनमा पेट्रोलको मूल्य बढाएर पठाइरहेको छ । अन्तर्राष्ट्रिय बजारमा नै महंगो भएसँगै नेपाल सरकारले पनि १० रुपैयाँ कर घटाएर पेट्रोल र डिजेल विक्री गर्न थालेको छ ।

पेट्रोलको बढ्दो मूल्यमा आफ्नो खर्च घटाउन धेरै माइलेज दिने मोटरसाइकल छनोट बुद्धिमानी निर्णय हुन्छ । अहिले नेपालमा विक्री हुने कम्युटर सेग्मेन्टका मोटरसाइकलले ८० किलोमिटरसम्म माइलेज दिन्छन् ।

थोरै खर्चमा धेरै चलाउन मिल्नेगरी बजारमा ल्याइएका मोटरसाइकलहरु पावर र लुक्समा ठिकठाक देखिएपनि उच्च माइलेजकै कारण चर्चामा रहने गरेका छन् ।

नेपाली बजारमा उपलब्ध धेरै माइलेज दिने मोटरसाइकल हिरो एचएफ डिलक्स हो । यसले प्रतिलिटर ८० किलोमिटर माइलेज दिने कम्पनीको दावी रहेको छ । हिरो एचएफ डिलक्समा ९७ सीसी सिंगल सिलिन्डर इन्जिन रहेको छ ।

यसमा रहेको इन्जिनले ८.३ पीएस पावर तथा ८ एनएम टर्क जेनेरेट गर्छ । हिरो मोटरसाइकलका लागि नेपालको आधिकारीक विक्रेता एनजीएम हिरोले १ लाख ७९ हजार रुपैयाँ मूल्य तोकेर एचएफ डिलक्स विक्री गर्दै आएको छ ।

त्यस्तै अर्को धेरै माइलेज दिने मोटरसाइकलमा बजाज प्लाटीना इस १०० हो । कम्पनीको दावीलाई मान्य हो भने यो मोटरसाइकले प्रतिलिटर ७५ किलोमिटर माइलेज दिन्छ । यो मोटरसाइकलमा ९९.२ सीसी क्षमताको इन्जिन रहेको छ । यो इन्जिनले ८.०२ पीएस पावर र ८.०६ एनएम टर्क जेनेरेट गर्छ ।

बजाज मोटरसाइकलको लागि नेपालको आधिकारिक विक्रेता कम्पनी हंशराज हुलाश चन्द एण्ड कम्पनीले १ लाख ९२ हजार ९०० रुपैयाँमा विक्री गर्दै आएको छ ।

त्यसैगरी होन्डाको सिडी ड्रिम अर्को धेरै माइलेज भएको मोटरसाइकल हो । यो मोटरसाइकलले प्रतिलिटर ७० किलोमिटर माइलेज दिने कम्पनीको दावी छ । यो मोटरसाइकलमा १०९ सीसी सिंगल सिलिन्डर इन्जिन रहेको छ । यसले ८.२५ बीएच पावर तथा ८.६३ एनएम टर्क जेनेरेट गर्छ ।

स्याकार ट्रेडिङ आधिकारिक विक्रेता रहेको यो होण्डा सिडी ड्रिमको मूल्य २ लाख ८ हजार ९०० रुपैयाँ रहेको छ ।

टीभीएस रेडिअन पनि धेरै माइलेज दिने मोटरसाइकल हो । टीभीएस रेडिअनले प्रतिलिटर ७० किलोमिटर माइलेज दिने कम्पनीको दावी छ । टीभएस रेडिअनमा १०९.७ सीसी इन्जिन रहेको छ । यो इन्जिनले ८ पीएस पावर तथा ८ एनएम टर्क जेनेरेट गर्छ ।

टीभीएस मोटरको आधिकारीक विक्रेता कम्पनी जगदम्वा मोटर्सले रेडिअनको मूल्य १ लाख ९३ हजार ९०० रुपैयाँ निर्धारण गरेर विक्री गर्दै आएको छ ।


Back_to_top