बजाजको नयाँ स्कुटर ‘ब्लेड’ !

काठमाडौं । बजाज अटोले नयाँ नामको ट्रेडमार्क दर्ता गराएको छ । बजाज मोटरसाइकल निर्माता कम्पनी बजाज अटोले मार्च महिनामा बजाज ब्लेड नामको ट्रेडमार्क दर्ता गराएको हो ।

बजाजले केही दिन अघि मात्रै पल्सर एलन र पल्सर इलेगान्ज नाम दर्ता गराएको थियो । त्यसपछि कम्पनीले ब्लेड नामको ट्रेडमार्क दर्ता गरेको हो । यी नाम मध्ये बजाज पल्सर एलन नाम स्वीकृत भइसकेको छ । बाँकी दुई नामले भने स्वीकृति पाएको छैन ।

बजाजले हालै दर्ता गराएको नाम बजाज ब्लेडलाई लिएर विभिन्न अड्कल बाजी सुरु भएको छ । बजाजले यो नामलाई ‘क्लास १२’ वर्गमा दर्ता गराएको छ । क्लास १२ मा कम्पनीले मोटरसाइकल, स्कुटर, इलेक्ट्रीक स्कुटर वा मोटरसाइकल जुनै पनि उत्पादन गर्न सकिने रहेको छ ।

पछिल्लो समय बजाले पल्सर सिरिजलाई अझै विस्तार गर्ने रणनीति बनाएको छ । त्यस्तै कम्पनीले इलेक्ट्रीक टू ह्वीललाई समेत प्राथमिकतामा राख्दै आएको छ । यस कारण बजाज ब्लेडलाई नयाँ इलेक्ट्रीक स्कुटरको रुपमा धेरैले अनुमान गरेका छन् ।

कम्पनीले २००६ को अटो शोमा बजाज ब्लेडको नाममा स्कुटर प्रदर्शन गरेको थियो । त्यस समयमा कम्पनीको बजाज ब्लेड नाम दर्ता हुन सकेको थिएन । ब्लेड ट्रेडमार्क महिन्द्र टू ह्वीलसँग रहेको थियो ।

हाल बजाजसँग एक मोडल मात्र इलेक्ट्रीक स्कुटर चेतक रहेको छ । विभिन्न मिडिया रिपोर्टका अनुसार बजाज ब्लेड स्पोर्टी इलेक्ट्रीक स्कुटर हुने अनुमान रहेको छ ।


Back_to_top