तयार भयो निसानको दोस्रो इभी ‘आरिया’, यस्ता छन् मुख्य विशेषता

काठमाडौं । जापनीज अटोमोवाइल कम्पनी निसानले सन् २०१० मै इलेक्ट्रीक कार बनाएर ठूला कार कम्पनीलाई आश्चर्य बनाएको थियो । कम्पनीले हालसम्म ५ लाख ५० हजार बढि आफ्नो पहिलो इलेक्ट्रीक कार लिफ विक्री गरिसकेको छ ।

पहिलो मोडल ल्याएको करिब १२ वर्षपछि निसानले आफ्नो दास्रो मोडल आरिया बजारमा उतार्ने भएको छ । कम्पनीले नयाँ मोडल विक्रीको लागि पूर्ण तयार भएको जनाएको छ । कम्पनीले अमेरिकी र यूरोपीयन बाटाहरुमा आरिया परिक्षण गरिरहेको छ ।

आरिया निसानको सीएमएफ स्केडबोर्ड प्लेटफर्ममा तयार भएको क्रसओभर हो । अल ह्वील र फ्रन्ट ह्वील ड्राइभ अप्सनमा उपलब्ध हुने आरियाको अल ह्वील ड्राइभ भर्सनमा इफोर्स पावर टे«न रहेको छ । इफोर्सले पावरफुल, स्मुद तथा हाई आउटपुट प्रदान गर्ने कम्पनीको दावी छ ।

निसानले आरियामा स्ट्याडर्ड भेरियन्टमा ६६ किलोवाट आवर र लङ रेन्ज भेरियन्टमा ९१ किलोवाट आवरको ब्याट्री दिएको छ । आरियामा १७८ किलोवाटको मोटर रहेको छ ।

आरियाको स्ट्याडर्ड ब्याट्री प्याकको रेन्ज ३५० किलोमिटर र ठूलो साइज ब्याट्रीको रेन्ज ४८० किलोमिटर रहने छ । स्पोर्टस्, स्ट्याडर्ड र इको तीन ड्राइभिङ मोडले चालकलाई आवस्यकता अनुसार गाडी चलाउन सहज बनाउने छ ।

निसानले निकै आकर्षक र लग्जरी देखिने डिजाइनमा तयार गरेको आरियामा प्रोपाइलट २.० सेमी अटोनोमस ड्राइभिङ सिस्टम उपलब्ध रहने छ । निसानले यसको इन्टेरियर फ्यूचरिस्टीक डिजाइन केन्द्रित साधारण बनोटमा तयार गरेको जनाएको छ ।

निसानले ड्यासबोर्डमा सकेसम्म कुनै पनि बटनहरु राखेको छैन । जसले गर्दा यसको ड्यासबोर्ड सफा र स्लीक देखिएको छ । यात्रुकाे सहजताकाे लागि निसानले जीरो ग्राभिटी सीटको डिजाइन गरेको जनाएको छ । १२.३ इन्चको दुईवटा डिस्प्ले रहेको आरियामा एउटामा ड्राइभर इन्फर्मेसन सिस्टम तथा अर्कोमा इन्फोटेन्मेन्ट स्कृन रहेको छ ।

निसानको आरियाले टेस्लाको मोडल वाई, फक्वागेनको आडी ४, फोर्ड मस्टाङ म्याकइ, हुन्डाई आयोनिक ५ तथा कियाको इभी ६ सँग सिधा प्रतिस्पर्धा गर्ने अनुमान गरिएको छ ।


Back_to_top