बजाजले रसियामा बक्सर १५० एक्स मोटरसाइकल सार्वजनिक गरेको छ । कम्पनीले मोटरसाइललाई पाँच स्पीड ट्रान्समिसनकासाथै यूएसबी चार्जरको विशेषता सहित रसियन बजारमा सार्वजनिक गरेको हो ।
कम्पनीले यसको फ्रन्ट र रियरलाई अपडेट गरेको छ भने, बाक्सरमा यूएसबी चार्जर, स्मार्टफोनलगायतका पोर्टेबल डिभाइस चार्जिङ पोट दिएको छ । यसमा राउन्डसेप हेडल्याम्प, लेदर फ्लाट सिट, रियरमा लगेज र्याक, फर्क गेटर, पाँच स्पोक ब्ल्याक अलोय ह्वील र्याप, स्याडल स्टे एक्सटेन्सन लगायतका विशेषता दिइएको छ ।
यसमा दिइएको १२२.८ सीसी सिंगल सिलिन्डर एयरकुल्ड फोर स्ट्रोक इन्जिनले ७ हजार आरपीएममा १२ पीएस पावरका साथै ५५ सय आरपीएममा १२.३ एनएम टर्क उत्पादन गर्छ ।

