काठमाडौं । बजाज अटोले आफ्नो चर्चित मोटरसाइकल डोमिनार २५० सीसी क्षमताको इन्जिनमा यही मार्च महिनामा सार्वजनिक गर्ने भएको छ । कम्पनीले लामो समयदेखि परिक्षण गरिरहेको यो मोटरसाइकल अब भने भारतमा सार्वजनिक गर्ने भएको हो ।
कम्पनीका प्रबन्ध निर्देशक राजिब बजाजले बजाज डोमिनार २५० मार्चको अन्तिमसम्ममा भारतीय बजारमा सार्वजनिक हुने मिडियालाई बताएका हुन् ।
बजाज डोमिनार ४०० कै डिजाइनमा आधारित डोमिनार २५० मा केटीएम ड्यूक २५० मा रहेको २४८.८ सीसी सिगंल सिलिन्डर, लिक्वीड कुल्ड, एफआई इन्जिन रहने अनुमान गरिएको छ । उक्त इन्जिनले ३० पीएस पावर तथा २४ एनएम टर्क जनेरेट गर्छ । डोमिनार २५० को फ्रन्ट डिजाइन ४०० कै समन रहने अनुमान गरिएको छ ।

यसमा कम्पनीले एलइडी हेडल्याम्प, इन्डिकेटर, टेलल्याम्प, डिजिटल इन्स्टुमेन्ट कल्स्टर, स्पीट सिट, डुअल च्यानल एबीएस, ट्वीन ब्यारल एक्जष्ट जस्ता फिचर बजाज डोमिनार ४०० बाट लिइएको छ । यसका साथै कम्पनीले सस्पेन्सन सेटअप समेत डोमिनार ४०० बाट नै लिएको अनुमान गरिएको छ ।
हालको डोमिनार ४०० मा ३७३.३ सीसी सिगंल सिलिन्डर ४ स्ट्रोक, डीओएचसी, लिक्वीड कुल्ड, एफआई इन्जिन रहेको छ । यो इन्जिनले ४० पीएस पावर तथा ३५ एनएम टर्क जेनेरेट गर्छ । यसमा ६ स्पिडको गियरबक्स जडान गरिएको छ ।

