बजाजले नयाँ डोमिनार फेसलिफ्ट सार्वजनिक गर्ने तयारी गरेको छ । यसैको तयारी स्वरुप कम्पनीले अहिले भारतका विभिन्न सडकहरुमा डोमिनारको परिक्षण गरिरहेको छ । कम्पनीले केही महिनाभित्रमा नै यस बाइकलाई बिक्रीको लागि सार्वजनिक गर्ने छ ।
सडक परिक्षणका क्रममा डोमिनारको एक भिडियो कम्पनीले सार्वजनिक गरेको छ । भिडियोमा देखिएअनुसार, कम्पनीले यस बाइकमा धेरै नै अपडेट गरेको छ ।
यस बाइकमा अपसाइड डाउन फ्रन्ट फर्कले टेलीस्कोपिक फर्कलाई विस्थापन गरेको छ । त्यस्तै, यसमा नयाँ डुअल-ब्यारल एक्हस्ट दिइएको छ जुन डुकाटी डियाभलबाट प्रेरित छ ।
कम्पनीले डोमिनारमा फुल-एलसीडी इन्स्ट्रुमेन्ट क्लस्टर दिइएको छ । जुन अहिलेको भन्दा बढि चम्किलो र धेरै फिचर थप गरेको छ । यस बाइकमा इन्जिन रनिङ कुलर राखिएको छ । त्यस्तै, रेडिएटर साइज अपडेट गरिएको छ ।
बजाज डोमिनारमा इन्जिनमा भने खासै परिवर्तन गरेको छैन । यस बाइकमा ३७३ सीसी, सिंगल-सिलिन्डर, लिक्विड-कुल्ड इन्जिन दिइएको छ । यसमा लगाइएको इन्जिनले ३५ वीएचपी पावर र ३५ एनएम टर्क उत्पादन गर्छ । यसमा ६-स्पीड म्यानुअल ट्रान्समिसन दिइएको छ ।
कम्पनीले बजारमा डुअल-च्यानल एबीएस भर्सन मात्रै सार्वजनिक गर्ने अनुमान गरिएको छ । डोमिनारको अहिलेसम्म नन-एबीएस भेरियन्ट भने सार्वजनिक गरेको छैन । बजारमा यस बाइकको मूल्य १ लाख ६० हजार भारतीय रुपैयाँ पर्ने अनुमान गरिएको छ ।

