भारतमा होन्डा नाभीको बिक्री सून्य, अपग्रेड गरेर ल्याउने तयारी

होन्डाले मोटो–स्कुटर सेग्मेन्टमा ल्याएको नेभीले पछिल्ला दिनमा निकै कमजोर बिक्री गरिरहेको छ । 

कम्पनीले २०१६ को दिल्ली मोटर शोबाट सार्वजनिक गरेको यो मोटो–स्कुटरलाई कम्पनीले सुरुवाति ५ महिनामा ५० हजार यूनिट बिक्री गरेको थियो । सुरुवातमा कम्पनीले औषत मासिक १० हजार युनिट बिक्री गरेको थियो ।

त्यसपछि कम्पनीले एड्भान्चर र क्रोम एडिसन २०१७ मा सार्वजनिक गर्यो । तर, त्यसपछि बिक्री घट्न सुरुभएको नेभी औषतमा मासिक २ हजार युनिटका दरले बिक्री भयो । २०१७ को अप्रिल महिनामा त यसको बिक्री घटेर ३०० युनिट मात्र रहयो । 

यसरी होन्डा नाभिको बिक्रीमा गिरावट आइरहेको समयमा २०१८ नोभेम्वर महिनामा १ यूनिट मात्र बिक्री भएको छ साथै डिसेम्वर महिनामा नाभीको बिक्री सून्य रह्यो । 

हाल डिलरहरुले होन्डा नााभीको अर्डर लिन बन्द गरिसकेका छन् ।

यस्तो अबस्थामा कम्पनी बिक्री बन्द नगरेर नाभीलाई अपग्रेड गरेर ल्याउने तयारी गरेको छ ।

२०१८ मा समेत होन्डाले नाभीको अपग्रेड गरेको थियो । यो स्कुटरमा १०९ सीसी एयर कूल्ड इन्जिन रहेको छ । यो इन्जिनले ७ हजार आरपीएममा ८ बिएचपी तथा ५ हजार ५०० आरपीएममा ८.९६ एनएम टर्क जेनेरेट गर्छ ।

 नेपाली बजारमा स्याकार टेड्रिङले बिक्री वितरण गर्दै आएको नेभीको पुरानो मूल्य १ लाख ५४ हजार ९०० रहेको छ । यो मूल्य भन्दा नयाँ नेभीको मूल्यमा खासै फरक नपर्ने अनुमान गर्न सकिन्छ । 


Back_to_top