इलेक्ट्रीक सवारीसाधन उत्पादनमा लामो इतिहास आफ्नो नाममा लेखाएको फोर्ड मोटरले इलेक्ट्रीक क्रसओभर एसयूभी निर्माण सुरु गरेको छ ।
अमेरिकी अटो जाइन्ट फोर्ड संसारमा मानिसलाई कार चढ्न सिकाउने कम्पनीको रुपमा स्थापित भएको कम्पनी हो । संसारका धेरै देशमा आफ्नो उत्पादन बिक्री गर्दै आएको कम्पनीले पछिल्लो दिनमा इलेक्ट्री सवारी साधनको क्रेज बढेसँगै ईभी उत्पादनको छुट्टै प्लान्ट स्थापनागरि उत्पादन सुरु गरेको छ ।
कम्पनीले आफ्नो मस्कुलर कार मस्टाङको प्ल्याटर्फममा उत्पादन गर्ने नयाँ ईभीले ५०० किलोमिटरको रेन्ज प्रदान गर्नेछ । कार उत्पादनको साथै चार्जिङको लागि नयाँ र छिटो हुने प्रविधिमा पनि कम्पनीले काम गरिरहेको जनाएको छ । कम्पनीले नयाँ ईभी २०२० मा सार्वजनिक गर्ने लक्ष्यकासाथ काम गरिरहेको जनाएको हो ।
कम्पनीले १९७० मा नै इलेक्ट्रीक सवारीसाधन उत्पादनमा सफलता पाएको विषयलाई उल्लेख गर्दै आउने नयाँ क्रसओभर एसयूभी फिचर प्याक हुने बताएको छ ।
कम्पनीले यसमा कुन मोटर र ब्याट्री प्याक दिने छ भन्ने विषयमा अहिले केही खुलाएको छैन । तर, फोर्डले ल्याउने उक्त क्रसओभर निकै शक्तिशाली हुने अनुमान गरिएको छ । फोर्डले कस्तो इलेक्ट्रीक गाडी बनाउने छ भन्ने विषय थाहापाउन भने केही समय कुर्नु पर्नेछ ।


