काठमाडौं । भोलि (माघ ११ गते)देखि ‘बजाज नेक्स्ट-जेन महा एक्सचेन्ज कार्निभल’ सुरू हुने भएको छ ।
नेपालका लागि बजाजको आधिकारिक बिक्रेता हंसराज हुलासचन्द एण्ड कम्पनीले काठमाडौंको भृकुटिमण्डपमा उक्त कार्निभल संचालन गर्ने भएको हो ।
उक्त कार्निभल आगामी माघ १७ गतेसम्म आयोजना हुनेछ । कम्पनीका अनुसार बजाज कार्निभलमा २२ भन्दा बढी एक्सपर्ट भ्यालुयटर्स कम्पनीहरूले सहभागीता जनाउने छन् ।
जहाँ ग्राहकले आफूसँग भएको जुनसुकै ब्राण्डको पुराना मोटरसाइकलसँग बजाजका नयाँ मोडल साट्न सक्नेछन् । यसरी एक्सचेन्ज गर्दा ग्राहकले बजारभन्दा ८ हजार बढी मूल्यांकन पाउने छन् ।
साथै, ग्राहकले थप नगद छुट, विभिन्न एसेशोरिजहरू फ्रीमा र अन द स्पट फाइनान्स सुविधा पनि पाउने छन् । बजाजका मोटरसाइकलहरू फाइनान्समा किन्न चाहानेले आफ्नो नागरिकता र ड्राइभिङ लाइसेन्सकै भरमा पाउने छन् ।
हाल नेपालमा बजाजको क्लासिक पल्सर, पल्सर एनएस, डोमिनार, एभेन्जर, डिस्कोभर र प्लाटिना मोडलका मोटरसाइकलहरू उपलब्ध छन् ।

