काठमाडौं । हुन्डाईको प्यालिसाइडले २०२६ नर्थ अमेरिकन युटिलिटी भेहिकल अफ द इयर उपाधि जितेको छ।
उत्तर अमेरिकाको प्रतिष्ठित नर्थ अमेरिकका कार, युटिलिटी एण्ड ट्रकम अफ द इयर (नाकोटी) निर्णायक मण्डलले प्यालिसाइडलाई यो सम्मान प्रदान गरेको हो।
अमेरिका र क्यानडाका ५० स्वतन्त्र अटोमोटिभ पत्रकारको निर्णायक मण्डलले लामो समयको वास्तविक प्रयोग, तुलनात्मक परीक्षण, डिजाइन, प्रदर्शन, प्रविधि, सुरक्षा र मूल्यका आधारमा मूल्यांकन गरी प्यालिसाइडलाई वर्षको उत्कृष्ट युटिलिटी भेहिकल घोषणा गरेको हो।
हुन्डाई मोटरको प्रमुख थ्री रो एसयूभीका रूपमा रहेको प्यालिसाइडलाई यसको हाइब्रिड र आन्तरिक दहन इन्जिन (आइसीई) पावरट्रेन विकल्प, फराकिलो र प्रिमियमा इन्टेरियर, सुविधा प्रविधिका कारण विशेष प्रशंसा गरिएको छ।
नयाँ पुस्ताको हाइब्रिड संस्करणले अधिकतम ३४ माइल प्रति ग्यालन माइलेज र ६०० माइलभन्दा बढी दायरा प्रदान गर्ने हुन्डाईले जनाएको छ। यससँगै शक्तिशाली र स्मुद भी सिक्स इन्जिन विकल्प पनि उपलब्ध छ । जसले प्रदर्शन र दक्षताको सन्तुलन कायम गर्छ।
प्यालिसाइडको लाइनअपमा साहसिक यात्राका लागि लक्षित एक्सअरटी प्रो अफ रोड ट्रिम पनि समावेश गरिएको छ। बहुपयोगी सिट व्यवस्था, सहज प्रविधि प्रणाली र फराकिलो क्याबिनले यसलाई परिवार केन्द्रित एसयूभीका रूपमा थप मजबुत बनाएको हुन्डाईको भनाइ छ।
प्यालिसाइडले सन् २०२५ मा अमेरिकामा बिक्रीमा कीर्तिमानी रेकर्ड बनाएको थियो । सो वर्ष खुद्रा बिक्री १७ प्रतिशतले वृद्धि भएको हुन्डाईले जनाएको छ ।

