देखियो हुन्डाईको नयाँ एसयूभी, के हुन्छ खास फिचर ?

काठमाडौं । कोरियन कार निर्माता हुन्डाईले भारतमा उत्पादन गर्ने भनिएको नयाँ क्रसओभर एसयूभी परीक्षणको क्रममा देखिएको छ ।

हुन्डाईले बी सेग्मेन्ट क्रसओभर एसयूभीको रूपमा बजारमा ल्याउने नयाँ मोडल अन्तर्राष्ट्रिय बजारमा बायोन नामबाट बिक्री हुँदै आएको गाडीमा आधारित रहनेछ । हुन्डाई बायोन युरोपमा राम्रो संख्यामा बिक्री हुँदै आएको छ ।

अहिले दक्षिण कोरियामा यसको परीक्षण चलिरहेको हो । हुन्डाईले ‘बीसीफोरआई’ कम्प्याक्ट युटिलिटी भेहिकल भनेर यसको परीक्षण थालेको हो ।

अहिले विश्व बजारमा बिक्री हुँदै आएको बायोन क्रसओभर कै साइजमा आउने नयाँ मोडलको भारतमा नाम के राखेर आउँछ, त्यो एकिन भएको छैन । यसको लम्बाइ ४१८० एमएम, चौडाइ १७७५ एमएमर उचाइ १५०० एमएम रहने छ । यसमा २५८० एमएम लामो ह्वीलबेस पाउन सकिन्छ ।

तर, भारतमा ४ मिटरभन्दा केही छोटो साइजमा यसमा उपलब्ध हुने सहजै अनुमान गर्न सकिन्छ । किन भने भारतमा ४ मिटरभन्दा छोटा गाडीमा कर कम लाग्नेछ ।

हुन्डाईको नयाँ क्रसओभर मोडलमा सबै लाइट एलईडी प्रयोग हुनेछन् । अल न्यू ड्यासबोर्ड, लेभल टु एडास, चारवटै चक्कामा डिस्क ब्रेक, सनरुफ, अटोमेटिक क्लाइमेट कन्ट्रोल, ठूलो इन्फोटेन्टमेन्ट सिस्टम, वायरलेस चार्जर लगायत फिचर्स रहने छ ।

कम्पनीले भेन्यूमा प्रयोग गरेको १.० लिटर टर्बो पेट्रोल, १.२ लिटर पेट्रोल र १.२ लिटर टर्बो पेट्रोल इन्जिनको साथमा ल्याउने अनुमान गरिएको छ । अबको केही महिना भित्रै यसलाई बजारमा उतार्ने हुन्डाई इन्डियाको योजना छ ।


Back_to_top