बजाजको प्रिमियर लिग योजना : जति धेरै रन बनायो, उति धेरै नगद पाइने

काठमाडौं । बजाजले ‘बजाज प्रिमियर लिग (बीपीएल) योजना सार्वजनिक गरेको छ ।

नेपालका लागि बजाज मोटरसाइकलको आधिकारिक बिक्रेता हंसराज हुलासचन्द एण्ड कम्पनी प्रालिले दशैँ, तिहार जस्ता चाडपर्वलाई लक्षित गर्दै नयाँ र रोचक क्याम्पेन बीपीएल ल्याएको हो ।

यस योजना अनुसार ग्राहकले हरेक नयाँ बजाज मोटरसाइकल खरिदमा क्रिकेटको जस्तै जति धेरै रन बनायो, त्यति धेरै नगद पुरस्कार पाउने छन् ।

साथै, सातै प्रदेशबाट हरेक हप्तामा ५० हजार नगद उपहार, प्लेयर अफ द विक बन्ने ग्राहकलाई १ लाख नगद र चर्चित क्रिकेटरहरूसँग भेट्ने विशेष अवसर पाउने कम्पनीले जनाएको छ ।

त्यस्तै, गेमप्रेमीहरूले मोबाइलमा क्रिकेट खेलेर पनि विभिन्न उपहारहरू जित्ने सक्ने बताए । यस गेममा जति धेरै रन लिन सक्यो त्यति नै धेरै उपहारहरू पाइने छ । यो गेम जो सुकैले सजिलै खेल्न सक्ने कम्पनीले जनाएको छ ।

साथै, नागरिकताको भरमा सहज फाइनान्सिङ सुविधा पाउने छन् ।

गोल्छा ग्रुपका निर्देशक अभिमन्यु गोल्छाले यस क्याम्पेन मार्फत ग्राहकसँगको भावनात्मक सम्बन्ध अझ गहिरो बनाउन खोजेको बताए ।

‘नेपालमा बजाज मोटरसाइकललाई भरपर्दो र लोकप्रिय ब्रान्डको रूपमा स्थापित गर्दै आएको हंसराज हुलासचन्द एण्ड कम्पनी प्रा।लि। ले यस क्याम्पेनमार्फत ग्राहकसँगको भावनात्मक सम्बन्ध अझ गहिरो बनाउन खोजेको छ । कम्पनीको विश्वास छ कि बीपीएलले बजाज मोटरसाइकल खरिदकर्तालाई र अरु सर्वसाधारणलाई समेत चाडपर्वको रमाइलो उत्सव र जितको नयाँ अनुभव पनि दिलाउने छ,’ उनले भने ।


Back_to_top