हेल्मेट नलगाउनेलाई पेट्रोल भर्न नदिन निर्देशन

काठमाडौं । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले हेल्मेट नलगाउने मोटरसाइकल/स्कुटर चालकलाई पेट्रोल भर्न नदिन निर्देशन दिएका छन् ।

बुधबार मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा मातहतका निकायलाई निर्देशन दिँदै उनले यस्तो निर्देशन दिएका हुन् ।

सवारी दुर्घटना नियन्त्रणका प्राप्त सुझाव अनुसार ‘नो हेल्मेट, नो फ्युल’को नीति अबलम्बन गर्नुपर्ने उनकाे भनाइ छ । उक्त नीति अनुसार इन्धन भर्न आएका सवारी चालकले हेल्मेट नलगाएको पाइएमा पेट्रोल भर्न नदिन निर्देशन दिएको उनको सचिवालयले जनाएको छ ।

यस अभियान कार्यान्वयनका लागि नेपाल आयल निगम र नेपाल पेट्रोलियम डिलर्स राष्ट्रिय एसोसिएसन बागमती प्रदेशमा पत्राचार गर्ने, इन्धनका लागि हेल्मेट अनिवार्य अभियानको निगरानी गर्नरगराउन जिल्ला प्रशासन कार्यालयहरू र सुरक्षा निकायहरूमा पत्राचार गर्न निर्देशन दिइएको मुख्यमन्त्रीको सचिवालयले जनाएको छ ।

साथै, दुईपाँग्रे सवारी साधनका चालकले हेल्मेट अनिवार्य रुपमा प्रयोग गर्ने कानुनी व्यवस्थालाई कडाईका साथ पालना गर्नेरगराउने पनि निर्देशन दिएका छन् ।


Back_to_top