लीपमोटरको ९ लाख युनिट बिक्रीको माइलस्टोन पूरा

काठमाडौं । न्यू इनर्जी भेइकल (एनइभी ) निर्माता लीपमोटरले ९ लाख युनिट डेलिभरीको माइलस्टोन पूरा गरेको छ ।

सन् २०१५ मा स्थापना भएको कम्पनीले १० वर्षमा ९ लाख युनिट बिक्रीको माइलस्टोन पूरा गरेको हो ।

लीपमोटरको पछिल्लो समय घरेलु तथा अन्तर्राष्ट्रिय दुवै बजारमा लोकप्रियता बढ्दो छ । यसै वर्ष मात्रै लीपमोटर पहिलोपटक ‘फोच्र्युन चाइना ५००’ सूचीमा परेको थियो ।

कम्पनीले स्टेलान्टिससँगको रणनीतिक साझेदारीमार्फत आफ्नो विश्वव्यापी उपस्थिति विस्तार गर्दैछ । यस साझेदारी अन्तर्गत लीपमोटर इन्टरनेसनल नामक संयुक्त उद्यम स्थापना गरिएको छ । जसले अन्तर्राष्ट्रिय बिक्री र वितरण व्यवस्थापनको जिम्मेवारी लिनेछ ।

लीपमोटरले युरोप, मध्यपूर्व र अफ्रिका तथा एशिया प्रशान्त क्षेत्रका ३० भन्दा बढी अन्तर्राष्ट्रिय बजारमा आफ्नो विस्तार गरिसकेको छ । विश्वभरमा ६०० भन्दा बढी बिक्री तथा सेवा केन्द्रहरू स्थापना गरिसकेको छ ।

नेपालमा लीपमोटरका आकर्षक डिजाइन, आधुनिक सुविधा र किफायती मूल्यमार्फत ग्राहकहरूको ध्यान आकर्षित गर्दै आएको छ । नेपालमा लीप मोटरमा सी १०, बी १० र टी ०३ गरी तीन मोडल उपलब्ध छन् ।

नेपालमा गोल्छा अर्गनिजेसन अन्तर्गतको सांग्रिला मोटर्स प्रालिले लीपमोटरका सवारी बिक्री गर्दै आएको छ ।


Back_to_top