काठमाडौं । सरकारले सुख्खा बन्दरगाह, पेट्रोलियम पाइप लाइन, केबलकार लगायत आयोजनालाई राष्ट्रिय प्राथमिकता प्राप्त आयोजनामा रख्ने भएको छ । यही भदौ ९ गते बसेको मन्त्रिपरिषद् बैठकले यस्तो निर्णाय गरेको हो ।
‘उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको प्रस्तावमा नेपाल सरकारबाट घोषणा भएका २० वटा औद्योगिक ग्राम, औद्योगिक क्षेत्र, विशेष आर्थिक क्षेत्र, सुक्खा बन्दरगाह, पेट्रोलियम पाइपलाइन र निजी क्षेत्रबाट सञ्चालन हुने केबलकार आयोजनालाई राष्ट्रिय प्राथमिकता प्राप्त आयोजनाको रूपमा निर्धारण गर्ने र सोको सूचना राजपत्रमा प्रकाशित गरिनेछ,’ मन्त्रिपरिषद्को निर्णयमा भनिएको छ ।
त्यस्तै, बैठकले भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय र यसअन्तर्गतका निकायको संगठन तथा व्यवस्थापन सर्वेक्षण गर्न पूर्वस्वीकृति प्रदान गरिएको छ ।


