पल्सर २२० एफ अवतारमा आयो १८०, पल्सर-१५० मा पनि लाग्यो एबीएस फिचर

बजाज अटाले भारतीय बजारमा पल्सर  १५० ट्वीन डिस्क र १८० एफ एबिएससहित सार्वजनिक गरेको छ । केही दिनअघि बजाज १८० को तस्वीर सार्वजनिक भएको थियो । 

एबीएससहितको पल्सर १५० टीडीको मूल्य ८७ हजार र एबीएससहितको १८० एफको मूल्य ९२ हजार ५ सय भारतीय रुपैयाँमा तोकिएको छ ।

पल्सर १५० मा लगाइएको १४९.५ सीसी सिङ्गल सिलिन्डर ट्वाइनी स्पार्क मोटरले १४ पीएस पावरकासाथै १३.४ एनएम टर्क उत्पादन गर्छ ।

१८०एफमा १८० सीसी सिगंल सिलिन्डर, आयल कुल्ड, २ भल्भ इन्जिन दिइएको छ । यो इन्जिनले १७ बिएचपी पावर र १४ एनएम टर्क जेनेरेट गर्छ । ५ स्पीड ट्रान्समिसन रहने यो बाइकको तौल भने पुरानो बाइकको भन्दा केहि बढी रहेको छ । नयाँ २०१९ भेरियन्टको १८० पल्सर एफमा कम्पनीले पल्सर २२० को समान प्रोजेक्टर हेडल्याम्प दिएको छ ।  


Back_to_top