काठमाडौं । बजाजको नयाँ मोटरसाइकल अर्को हप्ता सार्वजनिक हुने भएको छ । बजाज अटोले अक्टोवर २८ मा भारतमा बजाज पल्सर सिरिजको सबैभन्दा पावरफुल मोटरसाइकल बजाज पल्सर २५० सार्वजनिक गर्ने भएको हो ।
बजाज पल्सर २५० को यसअघि धेरै पटक स्पाइ तस्वीरहरु सार्वजनिक भइसकेको छन् । हालैमात्र कम्पनीले एक भिडियो टिजर सार्वजनिक गर्दै आगामी हप्ता बजाज पल्सर २५० सार्वजनिक हुने बताएको छ ।
बजाजले पल्स २५० सिरिजमा दुई मोडल सार्वजनिक गर्ने अनुमान गरिएको छ । कम्पनीले पल्सर २५० नयाँ प्लेटफर्ममा तयार गरेको छ । २५० सिरिजमा अल न्यू २५० सीसी आयल कुल्ड इन्जिन हुने अनुमान गरिएको छ भने हालसम्म इन्जिनको बारेमा कुनै आधिकारिक जानकारी दिएको छैन् । यसमा ६ स्पीडको गियरबक्स रहने छ ।
बजाज अटोले मूल्यका बारेमा हालसम्म कुनै जानकारी दिएको छैन् । भारतीय बजारमा सार्वजनिक भए लगत्तै नेपाली बजारमा सार्वजनिक हुनेछ । पछिल्लो केही वर्षयता नेपालमा बजाजले मोटरसाइकल एशेम्वल गर्दै आएको छ । यसकारण बजाज पल्सर २५० भारतीय बजारमा सार्वजनिक भएको केही समयमा नै नेपालमा सार्वजनिक हुने अनुमान गर्न सकिन्छ ।


