४५ हजारले घट्यो पल्सर २५० को मूल्य

काठमाडौं । बजाले पल्सर एन सिरिज अन्तर्गतको एन २५० को मूल्य घटाएको छ । कम्पनीले नयाँ मूल्यसूची जारी गर्दै बजाज पल्सर एन २५० को मूल्य घटाएको हो ।

बजाज मोटरसाइकलको नेपालका लागि आधिकारिक विक्रेता कम्पनी हंशराज हुलास चन्द एण्ड कम्पनीले पल्सर एन २५० को मूल्य ४५ हजार रुपैयाँले घटाएको हो ।

यसअघि ४ लाख ९४ हजार ९०० रुपैयाँमा विक्री हुँदै आएको पल्सर एन २५० को मूल्य ४५ हजार रुपैयाँले घटेर ४ लाख ४९ हजार निर्धारण गरिएको हो ।

केही दिन अघि मात्रै कम्पनीले बजाज डोमिनार २५० को मूल्य ४५ हजार रुपैयाँले घटाएको थियो ।

यस्तो छ पल्सर एन २५०

बजाज पल्सर एन २५० मा २४९ सीसी सिगंल सिलिन्डर, ४ स्ट्रोक, एसओएचसी, २ भल्भ, आयल कुल्ड, एफआई इन्जिन रहेको छ । उक्त इन्जिनले अधिकतम ८७५० आरपीएममा २४.५ पीएस पावर जेनेरेट गर्छ भने ६५०० आरपीएममा २१.५ एनएम टर्क प्रदान गर्छ । यो मोटरसाइकलमा ५ स्पीडको गियरबक्स पाउन सकिन्छ ।

पल्सर एन २५० को लम्वाई २०३५ एमएम, चौडाई ७५० एमएम, उचाई ११६५ एमएम, ह्वीलवेस १३५१ एमएम, सिट हाइट ७९५ एमएम रहेको छ । भने १६५ एमएमको ग्राउन्ड क्लियरेन्स पाउन सकिन्छ ।

उत्कृष्ट ब्रेकिङको लागि पल्सर एन २५० को फ्रन्टमा ३०० एमएम र रियरमा २३० एमएमको डिस्क ब्रेक दिइएको छ । बजाज पल्सर एन सिरिजमा डबल च्यानल एबीएस पाउन सकिन्छ ।

आरामदायी यात्राको लागि मोटरसाइकलको फ्रन्टमा टेलिस्कोपीक सस्पेन्सन र पछाडि निट्रोक्स मोनोसक दिएको छ । मोटरसाइकलमा दुबैतर्फ १७ इन्चको अलोय ह्वील छ ।

यसमा दिइएको सेमी डिजिटल कन्सोलमा डिजिटल ट्रिप मिटर, स्पीडोमिटर, गियर इन्डिकेटर, फ्युल वार्निङ इन्डिकेटर, फ्युल गज, क्लक, ट्रिप मिटर काउन्ट जस्ता फिचर रहेका छन् ।


Back_to_top