काठमाडौं । इलेक्ट्रीक स्कुटर कम्पनी याडियाको सस्तो स्कुटर नेपालमा सार्वजनिक भएको छ । कम्पनीले १ लाख ७५ हजार रुपैयाँ मूल्य निर्धारण गरेर याडिया एम ६ सार्वजनिक गरेको हो ।
याडियाको नेपालका लागि आधिकारिक विक्रेता कम्पनी कुजु नेपालले केही समय अगाडि कम्पनीले एम ६ को बुकिङ खुल्ला गरेको थियो ।

याडिमा एम ६मा १.२ किलोवाट क्षमताको मोटर जडान गरिएको छ । यसमा ७२ भोल्ट ३६ एम्पियर आवरको व्याट्री पाउन सकिन्छ । यसलाई एक पटक फुलचार्ज गरेर ९० किलोमिटरसम्म गुडाउन सकिने कम्पनीले जनाएको छ । यसलाई एक पटक फुलचार्ज गर्न ८ घन्टा समय लाग्छ ।
यसमा रहेको ब्याट्री २ वर्ष वा २० हजार किलोमिटरसम्मको वारेन्टि रहेको कम्पनीले जनाएको छ । कम्वाइन ब्रेकिङ सिस्टम भएको यो स्कुटरमा अगाडि डिस्क र पछाडि ड्रम ब्रेक उपलब्ध छ ।

