पल्सर एन-२५० किन्नेलाई ब्याज नलाग्ने स्कीम, यस्तो छ मासिक किस्ता

काठमाडौं । बजाज पल्सर एन २५० अहिले बजारमा ४ लाख ९४ हजार ९०० रुपैयाँ मूल्य तोकेर बिक्री हुँदै आएको छ । हंशराज हुलासचन्द एण्ड कम्पनीले बिक्री गर्दै आएको एन २५० मा पनि ब्याज नलाग्ने स्कीम चलिरहेको छ ।

कम्पनीले ल्याएको स्कीममा ४० र ५० प्रतिशत डाउन पेमेन्ट गर्ने ग्राहकले ब्याज नलाग्ने स्कीम पाउने छन् । तर, ४० प्रतिशत डाउन पेनेन्टमा गर्ने ग्राहकले १२ महिनामा नै कर्जा रकम चुक्ता गर्नु पर्ने हुन्छ । यहि कर्जा चुक्ता गर्न ५० प्रतिशत डाउन पेमेन्ट गर्ने ग्राहकले १८ महिना समय पाउने छन् ।

४० प्रतिशत डाउन पेमेन्ट गरेर पल्सर एन २५० किन्नेले १ लाख ९७ हजार ९६० रुपैयाँ र ५० प्रतिशत डाउन पेमेन्ट बुझाउने ग्राहकले २ लाख ४७ ४५० रुपैयाँ डाउन पेमेन्ट वापत बुझाउनु पर्छ ।

कम्पनीको स्कीम अनुसार ४० प्रतिशत डाउन पेमेन्ट गर्नेले १२ महिनासम्म मासिक २४ हजार ७४५ रुपैयाँ किस्ता तिर्नु पर्छ । ५० प्रतिशत डाउन पेमेन्ट गर्नेले १८ महिनाको सुविधा पाउने भएको कारण मासिक १३ हजार ७४७ रुपैयाँ मात्रै तिर्दा पुग्छ ।

बजाज पल्सर एन २५० मा २४९ सीसी सिगंल सिलिन्डर, ४ स्ट्रोक, एसओएचसी, २ भल्भ, आयल कुल्ड, एफआई इन्जिन रहेको छ । उक्त इन्जिनले अधिकतम ८७५० आरपीएममा २४.५ पीएस पावर जेनेरेट गर्छ भने ६५०० आरपीएममा २१.५ एनएम टर्क प्रदान गर्छ । यो मोटरसाइकलमा ५ स्पीडको गियरबक्स पाउन सकिन्छ ।

उत्कृष्ट ब्रेकिङको लागि पल्सर एन २५० को फ्रन्टमा ३०० एमएम र रियरमा २३० एमएमको डिस्क ब्रेक दिइएको छ । यसमा डबल च्यानल एबीएसले यसलाई सुरक्षित बनाएको छ ।

आरामदायी यात्राको लागि मोटरसाइकलको फ्रन्टमा टेलिस्कोपीक सस्पेन्सन र पछाडि निट्रोक मोनोसक दिएको छ । मोटरसाइकलमा दुबैतर्फ १७ इन्चको अलोय ह्वील छ ।

युवा चालकलाई ध्यानमा राखेर उत्पादन गरिएको एन २५०को अगाडिको लुक्स निकै बोल्ड छ । मोटरसाइकलमा दिइएको मस्कुलर सेमी डिजिटल कन्सोलमा डिजिटल ट्रिप मिटर, स्पीडोमिटर, गियर इन्डिकेटर, फ्युल वार्निङ इन्डिकेटर, फयुल गज, क्लक, ट्रिप मिटर काउन्ट जस्ता फिचर रहेका छन् ।

बजाजले पल्सर एन २५० मा वाइ फंग्सनल एलइडी प्रोजेक्टर हेडल्याम दिएको छ ।


Back_to_top