रेट्रो डिजाइनमा टोयोटा ‘ल्याण्ड क्रुजर २५०’

काठमाडौं । टोयोटाले आफ्नो चर्चित मोडल ल्याण्ड क्रुजरको रेट्रो मोडल सार्वजनिक गरेको छ । कम्पनीले यसअघि नै अगस्ट २ मा सार्वजनिक गर्ने बताएको प्राडो मोडल १४ वर्षपछि नयाँ जेनेरेशनमा आएको हो ।

टोयोटाले अमेरिका र यूरोपको लागि ल्याएको रेट्रो लुक्स भएको ल्याण्ड क्रुजर २५० निकै स्टाइलिस देखिएको छ । लाइफ स्टाइल प्रोडक्टको झलक दिन खोजिएको नयाँ ल्याण्ड क्रुजर प्राडो कम्पनीले देखाएको ईभी कन्सेप्टसँग ठ्याक्कै मिल्दो देखिएको छ ।

कम्पनीले २०२४ बाट विश्व बजारमा बिक्री यो रेट्रो डिजाइन प्राडो टोयोटाको ‘जीए-एफ’ प्लेटफर्ममा बनेको हो । कम्पनीले यसलाई रेगुलर डिजाइनमा पनि ल्याउने छ । रेगुलर डिजाइनको प्राडो भने जापान, अष्ट्रेलिया जस्ता बजारमा बिक्री गर्ने कम्पनीको योजना छ ।

अफरोड र अनरोड दुबै किसिमका बाटोहरुमा उपयुक्त हुनेछ । टोयोटाको सेफ्टी सेन्स प्याकको साथ आउने नयाँ ल्याण्ड क्रुजर पेट्रोल, डिजेल र हाइब्रिड तत्काल आउने छ भने इलेक्ट्रीकको लागि केही थप समय लाग्ने बताइएको छ ।

नयाँ ल्याण्ड क्रुजरमा होरिजेन्टल र राउन्ड हेडलाइट सेटअप ग्राहकले पाउने छन् । होरिजेन्टल हेडल्याम्प सेटअपमा ३ वटा ‘लीड बीम’ छन् । एसयूभीको पछाडिमा भने टोयोटाको कम्प्याक्ट क्रुजर इलेक्ट्रीक कन्सेप्ट २०२१ मा आधारित ‘स्ट्याण्ड अलोन लाइट क्लस्टर’ रहने छ ।

यसको इन्टेरियरमा रियर डिफरेन्सीयल लकिङका लागि बटन र सुइचहरु दिइएको छ । साथै इलेक्ट्रीक पार्किङ ब्रेक र एचफोरएफ, एचफोरएल तथा एलफोरएल गरी तीन अफरोड मोड देखिएको छ ।


Back_to_top